Play

नेतृ सुमना श्रेष्ठ पछि सन्तोष परियारले पनि छोडे राष्ट्रिय स्वतन्त्र पार्टी

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले एक पछि अर्को गर्दै पार्टी छाड्न थालेका छन। यसैक्रममा शुक्रबार रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका घोषणा गरेका छन।

विघटित प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद रहेका परियारले आंफुले रास्वपा छाडेका घोषणा गरेपनि किन छाडे भन्ने बिषयमा बिस्तृतमा केहि बताएका छैनन ।

‘मैले रास्वपा छाडेँ, अब नयाँ अभियान सञ्चालन गर्छु,’ उनले भने, ‘आजै प्रेस विज्ञप्ति निकालेर थप जानकारी दिउँला।’

यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद एबम पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन्।

यसैगरी, कास्कीबाट रास्वपाको सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठ पनि पार्टीमा निष्क्रिय बनेका छन । उनलाई मन्त्री बन्ने तयारीमा रहंदा मेडिकल ब्यबसायी दुर्गा प्रसाईं समेत सग पैसा मागेको आरोप लागेपछि पार्टीले कारबाही गरि सांसदबाट समेत हटाइएको थियो।

२८ कार्तिक २०८२, शुक्रबार १४:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा