Play

नवगठित नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय एकता सम्मेलन काठमाडौँमा शुरु (फोटो फिचर)

गुरुकुल खबर


काठमाडौँ, नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरु भएको छ । नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत सहितका नौवटा बामपन्थी दल मिलेर नेपाली कम्युनिष्ट पार्टीको स्थापना गरेपछि एकता घोषणा गरिएको हो।

भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो ।

एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी भएका छन्।

एकता सम्मेलनको बिरोध गर्दै आएका नेकपा एकीकृतका नेता झलनाथ खनाल पनि एकता सम्मेलनमा पुगेका छन खनालले बुधबार बिहान नै नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास पुगेका थिए।

त्यसपछि उनलाई पनि नेकपा एमालेमा फर्किने अनुमान गरिएकोमा दिउँसो खनाल एकता सम्मेलनमा सहभागि भएका छन।

तस्बिर – प्रदिप वन्त

१९ कार्तिक २०८२, बुधबार १५:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा