Play

मुक्तिनाथ विकास बैंक बाणिज्य बैंकमा स्तरोन्नति गरिंदै

गुरुकुल खबर


पोखरा, स्यांग्जाको पुतलीबजार नगरपालिकाबाट शुरु भएर राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा संचालन भैरहेको मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ ।

पोखरामा केहि दिन अगाडी सम्पन्न मुक्तिनाथ विकास बैंकको १९ औं वार्षिक साधारणसभाले बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको हो ।

मुक्तिनाथ विकास बैंकका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभाले बैंकको चुक्ता पूँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्‍याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्ताव पारित गरेको बताइएको छ ।

‘बाणिज्य बैंकमा स्तरोन्नति गर्नको लागि आबश्यक पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको लागि प्रक्रिया तत्काल अगाडी बढाउन साधारण सभाले बैंकको सञ्चालक समितिलाई अख्तियारी दिएको बैंकका पुर्व अध्यक्ष एबम पुर्व प्रमुख कार्यकारी अधिकृत भरत ढकालले गुरुकुल खबरलाई जानकारी दिए ।

साधारण सभाले सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै बैंकका सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांस दिने प्रस्ताव स्वीकृत गरेको छ । उक्त लाभांस मध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस रहेको बैंकले जनाएको छ ।

१७ कार्तिक २०८२, सोमबार २०:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा