Play

कांग्रेस सभापति देउवा दम्पति स्वास्थ्य उपचार र परामर्शको लागि सिंगापुरमा

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा दम्पतीमाथि प्रदर्शनकारीहरुले सांघातिक आक्रमण गरि गम्भीर घाइते बनाएका थिए।

आन्दोलनकारीहरुले देउवाको निवासमा आगजनी र तोडफोड गर्नुको साथै देउवाको घरमा रहेका सबैजसो सामान र नगद तथा धनमाल समेत लुटेरा लागेका थिए  । त्यसपछि केहि दिनको उपचार पछि देउवा दम्पति नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकमा सार्बजनिक भएका थिए। उनले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई दिएको छन ।

सोमबार बेलुका सिंगापुर एयरलाइन्सको विमानमार्फत् उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर प्रस्थान गरेका हुन् उनीहरुले विशिष्ट कक्ष समेत उपयोग नगरी अन्य सर्बसाधारणसंगै लाइन लागेर अध्यागमन पार गरेका थिए। देउवा दम्पती आज बिहान सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू ह्विलचेयरमा देखिएका थिए। उनिहरुको व्हिलचियर चढेर विमानस्थलबाट निस्किंदै गरेको तस्बिर सुबास कार्कीबाट प्राप्त भएको बताइएको छ। देउवा दम्पतीको सिंगापुर बसाइँ उपचार र स्वास्थ्य परामर्शका लागि भएको बताइएको छ।

११ कार्तिक २०८२, मंगलवार १३:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा