Play

चारजना मन्त्री थप्ने तयारीमा प्रम कार्की, मन्त्रीमण्डल ११ सदस्यीय बन्ने

गुरुकुल खबर


काठमाडौं, अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा रहेको मन्त्रिपरिषदमा चारजना मन्त्रीहरु आज आइतबार थपिने भएको छन  नवनियुक्त चार मन्त्रीको शपथ दिउँसो २ बजेपछि गराउको लागि प्रधानमन्त्री कार्कीले चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दिएको छ ।

हालसम्म कार्की नेतृत्वको मन्त्रिपरिषदमा सातजना मात्र मन्त्री रहेकोमा अब डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र  बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाएर मन्त्रिमण्डललाई ११ सदस्यीय बनाइने भएको छ ।

उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले जानकारी दियो ।  स्रोतले दिएको जानकारीअनुसार दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ । “२ बजेपछि भनिएको छ । तर कति बजे भनेर अहिलेसम्म समयको टुंगो लागिसकेको छैन,” प्रधानमन्त्री निकट स्रोतले भन्यो ।

९ कार्तिक २०८२, आईतवार १०:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा