Play

७४ लाख क्षति भएको जाहेरीमा पक्राउ परेकालाई जनही तिस हजार धरौटीको आदेश, धरौटी नबुझाउँदा जेलमा

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसका नेता एबम पुर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट गरगहना लुटपाट गरेको आरोपमा पक्राउ गरेका दुई जनालाई जेल चलान गरिएको छ।  जेनजी पुस्ताको नाममा गत भदौ २३ र २४ गतेको दिन कांग्रेस नेता कार्कीको घरमा लुटपाट गरेको अभियोगमा पक्राउ परेकाहरुमध्ये दुईजनालाई जेल चलान गरिएको बुझिएको छ। कार्कीले आफ्नो घरबाट ६४ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना लुटिएको र सवारीसाधनहरु समेतगरी १० लाख बढीको सामानमा आगजनी गरेर क्षती पुर्याइएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

उनको जाहेरीपछि जिल्ला प्रहरी परिसर ललितपुरले उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भई धापाखेल नै बस्ने ३० वर्षीय सञ्जय परियारलाई गरि दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएकोमा ललितपुर जिल्ला अदालतले जनही ३० हजार धरौटीमा छाड्न आदेश दिएको भएपनि उनीहरुले धरौटी रकम नबुझाएपछि कारागार गरिएको हो।

आपराधिक उपद्रव र डाँका-चोरीको कसुरमा मुद्दा चलेका उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भई धापाखेल नै बस्ने ३० वर्षीय सञ्जय परियारलाई जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर दुवैले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको छ ।

कार्कीका अनुसार ५ लाख नगद, १८ लाख मूल्य बराबरको हीराको २ थान गहना, १२ लाख बराबरको हीराको टप ७ थान, २५ लाख मूल्य बराबरको सुनको ४ सेट गहना, ३ लाख बराबरका मोतीको माला, १ लाख बराबरका थाँदीको थाल र किस्ती, चाँदीका कचौरी, चम्चा, चाँदीको गणेश भगवानको मूर्ति, कुबेरको मूर्ति, तामाको जग, गिलासलगायत गरी ६४ लाख ५३ हजार रुपैयाँ बराबरको गरगहना तथा सामान लुटिएको बताइएको छ ।

त्यसैगरी फर्निचर, कपडा, बा ९१ प ३९५९ नम्बरको यमाहा कम्पनीको मोटरसाइकल, पल्सर मोटरसाइकल, स्कुटर समेत गरी १० लाख बराबरको सामान जलाएर क्षति गरिएको भन्दै उजुरी परेको थियो । सामान र गरगहना गरी करिब साढे ७४ लाखको क्षति भएको दाबी गर्दै उजुरी परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

४ कार्तिक २०८२, मंगलवार १५:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा