Play

बिशेष महाधिबेशनको सट्टा ‘१५ औं महाधिबेशन’ बन्यो एजेन्डा, केन्द्रीय समिति बैठकमा आठवटा एजेन्डा तय

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठकका बैठकको एजेन्डा टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिले बैठकका लागि विभिन्न आठवटा एजेन्डा टुंगो लगाएको छ ।

टुंगो लगाइएका एजेन्डामा पार्टीको बिशेष महाधिबेशनको बिषय समाबेश नभएपनि पार्टीको १५ औं महाधिबेशन लाई एजेन्डा बनाईएको छ। पार्टीको बिशेष महाधिबेशन गर्नुपर्ने भन्दै आधा भन्दा बढी महाधिबेशन प्रतिनीधिहरुले हस्ताक्षर गरेर केन्द्रमा प्रस्ताब दर्ता गरिसकेको छन ।

बैठकमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम, पार्टीको १५ औँ महाधिवेशन, प्रतिनिधि सभा विघटन र निर्वाचन, तोडफोड र आगजनीबाट पार्टी कार्यालय पुनर्निर्माण, देशभर शान्ति सुरक्षा एवं सुशासनको अवस्था, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतका एजेन्डा तय गरिएको बताइएको छ।

कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा मतभेद छ। तर एजेण्डामा विशेष महाधिवेशन उल्लेख छैन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर पक्ष मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर, संस्थापन पक्ष मंसिरमा दुवै महाधिवेशन सम्भव नहुने पक्षमा छ।

३० आश्विन २०८२, बिहीबार १३:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा