Play

बुद्ध एयरका मालिक समेत रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्बाचन आयोगमा दर्ता

गुरुकुल खबर


पोखरा, सोचयुक्त, सिर्जनशील अनि  ईमान्दारिता र त्यागको राजनीति गर्ने मुख्य संकल्पका साथ निर्बाचन आयोगमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ नामको नयाँ राजनीतिक दल बिहिबार दर्ता भएको छ बुद्ध एयरमा संचालक समेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईं सहितका व्यक्तिहरु मिलेर ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता गरेको हुन ।

आयोगमा दर्ता भएको ‘गतिशील लोकतान्त्रिक पार्टी’ पार्टीको अध्यक्षमा दिनेश प्रसाईं रहेको छन भने पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् । व्यावसायी बस्नेत भने पार्टीको कार्यसमितिको सदस्य रहेका छन् ।

पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ । बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन ।

‘अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खोंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ’ पार्टीको आह्वान पत्रमा छ,’त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । ईमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं ।’

पार्टीले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गर्न जरुरी रहेको उल्लेख गरेको छ । ‘आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकुन्’ पार्टीले भनेको छ ।

३० आश्विन २०८२, बिहीबार १२:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा