Play

पुर्व एआइजी सुबेदी बिरुद्ध प्रचण्डको सचिबालयद्वारा साइबर ब्यूरोमा उजुरी

गुरुकुल खबर


पोखरा, नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीलाई कारबाहीको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। पुर्व प्रधानमन्त्री एबम नेकपा माओबादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पुर्व एआइजी सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरेको बुझिएको छ।

पुर्व एआइजी सुवेदीले एक संचारमाध्यमसंगको अन्तर्वार्तामा पुर्ब प्रधानमन्त्री एबम नेकपा (माओवादी केन्द्र) का संयोजक ‘प्रचण्ड’ को घरबाट जेन–जी आन्दोलन हुनु अघि दुई ट्रक पैसा अन्यत्र लागिएको भन्ने अभिव्यक्ति दिएका थिए

प्रचण्डको निवास जलाइनुभन्दा दुई दिन पहिला दुई वटा ट्रकमा दुई करोड पैसा अन्त कतै लगेर लुकाएको पूर्व एआईजी सुवेदीको आरोप थियो। सुबेदीले संचारमाध्यम मार्फत झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराएर चरित्र हत्या समेत गरिएको भन्दै सुवेदीविरुद्ध उजुरी परेको प्रचण्डको सचिवालयले जनाएको छ ।

उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनको विपरीत रहेको भन्दै आवश्यक कानूनी कारबाहीको माग गरिएको छ।

२७ आश्विन २०८२, सोमबार १३:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा