काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका छन। राष्ट्रपति पौडेल महाराजगन्जस्थित शिक्षण अस्पतालमा शनिबार उपचारार्थ भर्ना भएको अस्पतालका कार्यकारी निर्देशक प्राडा. रत्नमणि गजुरेलले जानकारी दिएका छन ।
पौडेललाई अस्पतालमा भर्ना गरेर स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको डा. गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति पौडेलको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थाको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइराखेको छ।
















