Play

बाढी र पहिरोमा परि हालसम्म ४९ जनाको मृत्यु, इलाममा मात्र ३८ को ज्यान गयो

गुरुकुल खबर


बिराटनगर, अविरल वर्षासँगै आएको बाढि तथा पहिरोमा परि देशभर कम्तिमा ४९ जनाको मृत्यु भएकोमा इलाममा मात्र ३७ जनाको मृत्यु भएको र १ जना बेपत्ता भएको खबर छ । यस्तै इलामको सूर्योदय नगरपालिका – ९ बाट दशैँ मान्न भारतको मिरिकमा पुगेकी एक महिलाको पनि सोहिस्थानमा गएकाे पहिरोमा परी मृत्यु भएपछि मृत्यु हुने इलामबासीको सङ्ख्या ३८ पुगेको इलामको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिएकी छन ।

अहिले इलाममा केही घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाटै उद्धार गरिएको छ भने अधिकांश सडकहरू अवरुद्ध भएका छन् पहिरोका कारण पुलहरू पनि बगेका छन । बाढी र पहिरोका कारण कतिपय घरबार बिहिन बनेको छन भने कतिपयको चौपाया समेत बगाएको छ जसका कारण इलामको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ ।

शुक्रबारदेखि भैरहेका विपद्का घटनामा इलाममा ३७ जनासहित कुल ४९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा ३७ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । यस्तै ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यस्तै उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका हुन् भने केहीको चाँही चट्याङ र दुर्घटनामा परेर मृत्यु भएको हो ।

१९ आश्विन २०८२, आईतवार १५:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा