Play

ओली र लेखकसहित पांच जनाको राहदानी रोक्का गरिएकोमा कांग्रेसको बिरोध

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसले यस अगाडिको सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएको घटना प्रति विरोध जनाएको छ ।

सुशिला कार्की नेतृत्वको वर्तमान सरकारले यस अगाडीको सरकारका प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी ओली, तत्कालिन गृहमन्त्री एबम नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगायत पांच जनाको राहदानी रोक्का गर्नुको साथै काठमाडौँ उपत्यका छोड्नुपर्दा पनि सरकारको अनुमति लिनुपर्ने भन्ने निर्देशन जारी गरेको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण गराएको छ ।

गत भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिइ काठमाडौँ उपत्यका बाहिर जान नमिल्ने गरी सिफारिस गरिएको थियो ।

आयोगले गरेको उक्त निर्णयको नेकपा एमालेले पनि यस अगाडी नै बिरोध जनाईसकेको छ।

१५ आश्विन २०८२, बुधबार १८:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा