Play

पुर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकसहित पांचजनालाई विदेश भ्रमणमा रोक

गुरुकुल खबर


काठमाडौँ, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकलाई सुशिला कार्की नेतृत्वको सरकारले विदेश जान रोक लगाएको छ ।

उनीहरु अनुसन्धानको दायरामा रहेको कारण उनीहरुको विदेश भ्रमणमा रोक लगाउने र छानबिनको लागि कुनैपनि समयमा जाँचबुझ आयोगमा उपस्थित हुनुपर्ने भएकोले काठमाडौँ उपत्यका छोड्नुपरेमा अनुमति लिन निर्देश गरिएको छ।

कार्की नेतृत्वको सरकारले गत भदौ २३ र २४ को जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा भएको दमन र प्रदर्शनकारीहरुमाथि गोलि चलाएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको सिफारिसमा ओली र लेखक सहित पांच जनालाई विदेश यात्रामा रोक लगाएको हो।

आयोगका सदस्य विज्ञानराज शर्माले उपलब्ध गराएको जानकारी अनुसार तत्कालिन प्रधानमन्त्री ओली र तत्कालिन गृहमन्त्री लेखक सहित  तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालिन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालिन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई विदेश जान रोक लगाइएको हो ।

उनीहरुले काठमाडौँ उपत्यका छोड्नुपर्दा समेत सरकारको अनुमति लिनुपर्ने निर्णय गरिएको छ ।

१२ आश्विन २०८२, आईतवार १८:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा