पोखरा, पोखरा महानगरपालिका- १४ मा संचालनमा रहेको सामुदायिक क्याम्पस कालिका बहुमुखी क्याम्पस पोखराको ३४ औ क्याम्पस सभा हालै सम्पन्न भएको छ । क्याम्पसका संरक्षक तथा क्याम्पस सञ्चालक समितिका पुर्ब अध्यक्ष प्रेम कुमारी के.सीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो। त्यस अबसरमा बोल्दै प्रमुख अतिथि केसीले कालिका क्याम्पसलाई शिक्षाको ज्योतीको रुपमा चर्चा गर्दै यसको प्रकाश देश विदेशसम्म फैलिएको सुन्न र देख्न पाउँदा खुसि लागेको बताइन।

उक्त क्याम्पसको स्थापना र बिकासमा आफ्ना पति सुर्यबहादुर केसीको योगदानको स्मरण गर्दै उनले ३४ वर्षसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कालिका बहुमुखी क्याम्पसले क्यूएएको प्रमाणपत्र समेत प्राप्त गरेको कारण क्याम्पसको शैक्षिक र भौतिक बिकासको लागि आगामी दिनमा थप सहयोग गर्न आँफुहरु प्रतिवद्ध रहेको बताईन ।
कालिका क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण के.सीले क्याम्पसले तीन दशकको अवधिमा हासिल गरेको प्रगति महत्वपुर्ण रहेको भन्दै सम्पूर्ण संरक्षक र सिनेटरहरुले पनि आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर क्याम्पसको विकासका लागि सहयोग गर्न आग्रह गरे । अध्यक्ष केसीले कालिका बहुमुखी क्याम्सलाई यस क्षेत्रको प्रतिष्ठीत सामुदायीक क्याम्पसको रुपमा स्थापीत गर्न सवैको सहकार्य र सहयोग रहने विश्वास समेत व्यक्त गरे ।

सभाले गत आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन र आव २०८२ /०८३ को प्रस्तावित बजेट पारित गरेको छ । क्याम्पसका प्रमुख बिरन्जी गौतमले प्रस्तुत गरेको गत आर्थिक बर्षको बार्षिक प्रगती प्रतिवदेन र प्रस्तावित नीति तथा कार्यक्रम पनि सभाले अनुमोदन गरेको छ ।
सभामा सस्थापक सदस्य डा. चन्द्र बहादुर गुरुङ्ग, निबर्तमान क्याम्पस प्रमुख रबीन्द्रनाथ वास्तोला, पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष गोकर्ण कार्की, त्रिवि प्रतिनिधि डा. पितृराज वास्तोला, सिनेटर निसा मल्ल ठकुरी, अक्षयकोषदाता जेवी कुँवर लगायतले क्याम्पसको प्रगतिप्रति सन्तोष प्रकट गर्दै आर्थिक तथा प्रशासनिक पारदर्शिता कायम राखेकोमा संचालक समिति र क्याम्पस प्रशासन प्रति आभार प्रकट गरेका थिए।
उनीहरुले क्याम्पसमा बजारले माग गरेको शैक्षिक र दक्ष जनशक्ति उत्पादन गर्ने खालका शैक्षिक कार्यक्रम संचालन गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । सिनेटर माधव प्रसाद बरालले कार्यक्रमको सञ्चालन गरेका थिए भने क्याम्पस संचालक समितिका उपाध्यक्ष तथा पोखरा -१४ का वडाध्यक्ष वोध बहादुर कार्कीले सहभागीहरुलाई स्वागत गरेका थिए ।














