Play

पामे सहकारीको साधारण सभामा विभिन्न व्यक्तित्वलाई सम्मान, २७ करोड बढी कर्जा प्रवाह

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -२४ पामे बजारमा संचालित पामे बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। सहकारी साधारण सभाको अवसरमा सहकारीका सदस्य परिवारबाट एसईईमा उत्कृष्ट अंक ल्याउने ४ जना विद्यार्थी, पिएचडी गर्ने २ जना र समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

उनीहरुलाई सहकारीको जेष्ठ सदस्य बाटुली पाध्यनी, सहकारीका अध्यक्ष नवराज पराजुली, पुर्व अध्यक्ष महेश्वर दवाडी, अग्निधर त्रिपाठी लगाएतले सम्मानपत्र, दोसल्ला र नगद सहित सम्मान गरेका थिए । त्यसैगरी सबैभन्दा बढि उमेर पुगेका बृद्धबृद्धा, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्तालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारीका निर्वतमान अध्यक्ष अग्निधर त्रिपाठीले सहकारीलाई अझ बलियो बनाउन सबैको सहयोग आवश्यक पर्ने बताए । पुर्व अध्यक्ष महेश्वर दवाडीले सहकारीलाई राम्रो बनाउन समिति मात्रै तत्पर भएर नहुने भन्दै सबै सदस्यहरु लाग्नु पर्ने बताए । उनले सहकारीलाई सक्षम बनाउन सन्चित कोषहरु पनि बलियो बताउनु पर्ने बताए ।

कार्यक्रममा सल्लाहाकारहरु ओम सुबेदी, डिल्लिराम भट्टराई, ऋण तथा धितो मुल्याङकन समिति संयोजक खिमनाथ शर्मा तिमिल्सिना, शिक्षा उपसमिति संयोजक घनश्याम अधिकारी, महिला उपसमिति संयोजक दुर्गा तिमिल्सिना, संस्थापक सदस्य मिनराज खड्का, शेयर सदस्य घनश्याम पराजुली लगायतले गाउँ गाउँमा वित्तिय साक्षरता जगाउन सहकारीले सहयोग पुर्याएको बताए ।

त्यसै गरी पामे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज पराजुलीले सहकारीले विभिन्न ग्राहक योजनाहरु ल्याएर घर घरसम्म पुग्ने काम गरेको बताए । उनले बाल खुत्रुके बचत योजना, दैनिक बचत खाता, पामे सुपर सेभिङ्ग, नारी बचत खाता, विद्यार्थी बचत खाता लगाएतका खाता सञ्चालन गरेको बताए । उनले संस्थाले अहिलेसम्म गर्दै आएका सवल पक्ष र सुधारात्मक पक्षलाई विश्लेषण गरेर अगाडी बढ्ने बताए ।

साधारणसभाले कोषाध्यक्ष लेखनाथ पराजुलीले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन र सचिब शालिकराम लामिछानेले प्रस्तुत गरेको बार्षिक  प्रतिबेदन पास गरेको छ । सहकारीमा १ हजार १० जना शेयर सदस्य रहेको छन भने संस्थाको अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड १० लाख रहको छ । संस्थाले आर्थिक वर्ष २०८१-८२ मा १८ करोड ३० लाख निक्षेप संकलन गरी २७ करोड ५६ लाख रुपैया कर्जा प्रवाह गरेको  जनाएको छ ।

८ आश्विन २०८२, बुधबार २१:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा