Play

संचारमन्त्री खरेलको पदस्थापन, पांच महिना भित्र प्रमुख १० शहरमा निशुल्क वाईफाई हुने घोषणा

गुरुकुल खबर


काठमाडौँ, नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गगरेका हुन । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका थिए ।

पदभार ग्रहण गर्नुभएपछि स्वागत कार्यक्रममा नवनियुक्त मन्त्री खरेलले कर्मचारीलाई काम गर्ने क्रममा कुनै हस्तक्षेप नगर्ने बताउनुभयो बताए। “देशको कर्मचारीतन्त्रलाई विश्वास गर्न चाहन्छु, यो ६ महिनामा म काममा कुनै हस्तक्षेप गर्दैन, देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला” उनले भने, “६ महिनापछि सुखद विदाई हुन पाउँ, नेपालको कर्मचारीतन्त्र खतम छ भन्ने सन्देश होइन, सक्षम छ भन्ने सन्देश लिएर जान पाउँ ।”

प्रधानमन्त्री सुशीला कार्कीले सुशासन कायम गर्ने प्रतिवद्धतासहित देशको जिम्मेवारी लिनुभएको र त्यसमा आफूहरुले सहयोग गर्ने मन्त्री खरेलको भनाई थियो । नेपाललाई डिजिटल फ्रेमवर्क बनाउने यसअघिको सरकारको योजनालाई आफूले पनि अगाडि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे ।मन्त्रालयका सचिव राधिका अर्याल, सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरसहित मन्त्रालयका कर्मचारीले मन्त्री खरेललाई स्वागत गरेका थिए ।

६ आश्विन २०८२, सोमबार २२:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा