Play

कांग्रेसले भन्यो ‘संसद बिघटनको निर्णय संविधानको परिकल्पना र अदालतको व्याख्या बिपरित छ’

महामन्त्री द्वय थापा र शर्माले राखेको बिशेष महाधिबेशन सम्बन्धि प्रस्ताब अल्पमतमा


गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले लोकतन्त्रको लागि अविचलित संघर्ष गरेका पार्टीका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि गरिएको अमानविय र बर्बरतापूर्ण भौतिक आक्रमणको निन्दा गरेको छ । देउवाको निजि निवासमा गरिएको आगजनी, तोडफोड र लुटपाटको कडा शब्दमा निन्दा र भर्त्सना गर्दै बैठकले प्रदर्शनकारीहरुको आक्रमणमा परि घाइते भएका देउवा दम्पतिको स्वास्थ्यलाभको कामना पनि गरेको छ। बैठकले जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा ज्यान गुमाउने युवा, सुरक्षाकर्मी र सर्बसाधारण प्रति श्रद्दान्जली र घाइतेहरुको स्वास्थ्यलाभको कामना समेत गरेको छ।

बैठकले नेपाली काँग्रेसका संस्थापक बिपी कोइरालाको बिराटनगरस्थित कोइराला निवास, गणेशमान सिंहको काठमाडौँ चाक्सीबारी स्थित निवास र कृष्ण प्रसाद भट्टराईको ललितपुरस्थित किसुनजी आश्रम सहित राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालतसहित लोकतन्त्रका आधार स्तम्भ मानिने कार्यपालिका, न्यायपालिका र व्यबस्थापिकासंग सम्बन्धित संरचनाहरुमा गरिएको तोडफोड र आगजनीको घटनाको कडा शब्दमा बिरोध जनाएको छ ।

बिभिन्न ब्यबसायिक प्रतिष्ठानहरु नेपाली काँग्रेस लगायत बिभिन्न राजनीतिक दलका बिभिन्न तहका कार्यालयहरु, कांग्रेस लगायत बिभिन्न दलका नेता र कार्यकर्ताका घर, निवास डेराहरु सहित सर्बसाधारणको सम्पति समेत आगजनी र लुटपाट गरेर खरबौंको क्षती पुर्याइएको भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न उच्चस्तरिय न्यायिक समितिको गठन र दोषीमाथि कारबाहीको माग पनि बैठकले गरेको छ ।

पार्टीका उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले संसद बिघटनलाई असंबैधानिक निर्णयको रुपमा लिंदै संसद बिघटनको विषय संविधानको परिकल्पना र सर्वोच्च अदालतको ब्याख्या बिपरित रहेको ठहर गरेको छ। यसले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको भन्दै बैठकले बिभिन्न राजनीतिक दल र सरोकारवालाहरुसंग गहन परामर्श गरि शान्ति, लोकतन्त्र र अग्रगमनको लागि नेतृत्वदाई भूमिका निर्बाह गर्ने निर्णय गरेको बैठकपछि पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेल द्वारा प्रेषित बिज्ञप्तीमा जनाइएको छ।

बिशेष महाधिबेशन गर्ने भन्ने महामन्त्री थापा र शर्माको प्रस्ताब अल्पमतमा  

यसैबीच, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको बैठकमा पार्टीको विशेष महाधिवेशन गर्ने भन्ने प्रस्ताव राखेको भएपनि उक्त प्रस्ताब अल्पमतमा परेको छ । बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्ताव राखे पनि त्यसमा कसैले समर्थन जनाएनन् । बैठकमा थापा र शर्माले जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिको व्यवस्थापनका लागि र युवा पुस्ताको भावना सम्मान गर्न नेपाली कांग्रेसले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यसम्पादन समिति बैठकमा बिसजना नेताले आआफ्नो भनाई राखेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । कार्यसम्पादन समितिका एक सदस्यका अनुसार बैठकमा बोल्ने २० जना मध्ये १८ जनाले थापा र शर्माको प्रस्तावलाई समर्थन गरेनन।

सभापति देउवा जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नो निवास बुढानीलकण्ठमा प्रदर्शनकारीद्वारा कुटीएर अहिले उपचार गराइरहेका छन् । ‘सबै विषयमा सभापति स्वस्थ भएपछि कुराकानी हुन्छ । उहाँ (देउवा) स्वस्थ भएपछि केन्द्रीय समिति बोलाउने र त्यसैमा छलफल गर्ने भन्ने कुराकानी बैठकमा भएको छ,’  पार्टीका सहमहामन्त्री महेन्द्र यादवले भने, ‘केन्द्रीय समितिको अर्को बैठक दसैँ तिहारपछि बोलाउने निर्णय भएको छ ।’

बैठकले गरेका निर्णयहरु ..

 

 

३ आश्विन २०८२, शुक्रबार २२:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा