Play

संविधान दिवसलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिनको रुपमा लिनुपर्छ- प्रम कार्की

गुरुकुल खबर


काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा भनेको जनताको आवाजको सुनुवाइ हो भन्दै लोकतान्त्रिक प्रणाली नै जनताको आवाज सुन्ने व्यवस्था भएको बताएकी छन  । प्रधानमन्त्री कार्कीले सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गर्दै संविधान दिवसलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिनको रुपमा लिनुपर्ने उल्लेख गरिन । प्रम कार्कीले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने सङ्कल्प पनि ब्यक्त गरेकी छन ।

२०७२ को असोज ३ मा संविधानसभाबाट पारित भई लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनको प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उनले बताइन । प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको प्रतिफलका रूपमा व्याख्या गर्दै लोकतन्त्र भनेको संवाद र समाधान खोज्ने प्रणाली भएकाले सरकार जनताका आवाज सुन्न र सम्बोधन गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन ।

आफू अन्तरिम व्यवस्थापनका लागि प्रधानमन्त्री बनेको स्पष्ट गर्दै छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु नै आंफ्नो लक्ष रहेको उनको भनाई थियो । उनले सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासका प्रश्नलाई राष्ट्रिय एजेन्डा मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट पाहुनाको सहभागिता रहेको थियो ।

 

३ आश्विन २०८२, शुक्रबार २१:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा