Play

सेनाको सुरक्षाबाट बाहिरिएका एमाले अध्यक्ष ओली भक्तपुरमा डेराको घरमा

गुरुकुल खबर


पोखरा, नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष ओली बिहिबार सेनाको सुरक्षाबाट बाहिरिएको जानकारी दिए।

उपमहासचिब ज्ञवालीका अनुसार अध्यक्ष ओली भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा पुगेका छन ।  भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री निवास बालुवाटार र सिंहदरबारको साथै प्रधानमन्त्री कार्यालयसहित देशका प्रमुख संरचना जलाएका थिए।

आन्दोलनका कारण देशभरको अबस्था नियन्त्रण बाहिर गएपछि तत्कालिन प्रधानमन्त्री ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

एमाले अध्यक्ष ओली बिहिबार नै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा सरेका छन । भक्तपुरको बालकोटमा रहेको ओलीको निवास पनि जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।

गुन्डुस्थित निवासमा आज अध्यक्ष ओलीसँग पार्टीका महासचिव शङ्कर पोखरेल, नेता भानुभक्त ढकाल, महेश बस्नेत, एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजालगायतले भेट गरेको बुझिएको छ । एमालेले संविधान दिवसका अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

२ आश्विन २०८२, बिहीबार २१:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा