Play

कांग्रेसले शुक्रबार देशभर खबरदारी र जागरण सभा गर्दै

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसले असोज ३ गते शुक्रबार संविधान दिवसको अबसरमा खबरदारी र जागरणसभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयले निर्णय गरेर पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाको आयोजनामा मुलुकभर खबरदारी र जागरण सभा गर्न निर्देशन दिएको हो ।

नेपाली कांग्रेसको केन्द्रीय सूचना संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले असोज ३ गते संविधान दिवसका दिन खबरदारी र जागरणसभा गर्ने निर्णय केन्द्रीय समितिले गरेको भन्दै उक्त कार्यक्रम पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाले आयोजना गर्ने जानकारी दिए ।

गत भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधानको प्रावधान बाहिरबाट प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रूपमा असहमति जनाएको कांग्रेसले संविधान दिवसका दिन खबरदारीसभा गर्न लागेको हो ।

प्रचार बिभाग प्रमुख बिश्वकर्माले पार्टीका जिल्ला समितिले गोष्ठी, शान्तिपूर्ण प्रदर्शन र अन्तरक्रिया गर्ने जानकारी दिए । संविधानको संरक्षण र पालनामा दबाब दिन त्यस्ता कार्यक्रम आयोजना गरिएको उनले बताए ।

२ आश्विन २०८२, बिहीबार २०:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा