Play

राष्ट्रिय शोक मनाउन आज सार्बजनिक बिदा, जेनजी आन्दोलनमा ज्यान गुमाउनेको राष्ट्रिय सम्मान सहित अन्त्येष्टि

गुरुकुल खबर


पोखरा, भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनको नाममा भएको आन्दोलनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा सरकारले असोज १ गते बुधबार राष्ट्रिय शोक घोषणा गर्दै सार्बजनिक बिदा दिएको छ। गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको बैठकको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

जेनजीद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन असोज १ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

आन्दोलनका क्रममा प्रहरी सुरक्षाकर्मीको गोलि लागेर साथै आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाट गरि भागदौड गर्ने क्रममा हालसम्म ७३ जनाको ज्यान गएको बताइएको छ।

कतिपयको ज्यान जेलबाट भाग्ने क्रममा पनि मृत्यु भएको थियो भने कतिपया सुरक्षाकर्मीहरुको प्रदर्शनकारीहरुको कुटाईको कारण पनि मृत्यु भएको थियो। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु मध्ये अधिकांशको मंगलवार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

यसअघि, मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रासहित शव आर्यघाट पुर्‍याएका थिए । शवयात्रामा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ पनि सहभागि थिए ।

सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरुप असोज १ गते सार्वजनिक बिदा दिने लगायतका निर्णय गरेको थियो । सोहीअनुसार उनीहरूको सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

सरकारले आन्दोलनका क्रममा मृत्यु भएकाको परिवारको लागि जनही १५ लाख रुपैयाको दरले सहयोग उपलब्ध गराउने भएको छ ।

तस्बिर- कान्तिपुर 

१ आश्विन २०८२, बुधबार ११:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा