Play

आगजनी भएको शितल निवासमा नवनियुक्त मन्त्रिहरुको शपथ

गुरुकुल खबर


काठमाडौँ, जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा जलेको राष्ट्रपतिको कार्यालय रहेको शीतल निवासको प्राङ्गणमा नबनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम गरिएको छ ।  शीतल निवासको प्राङ्गणमा टेन्ट टाँगेर नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइएको छ। मञ्चको पृष्ठभूमिमा आगजनीबाट जलेको केही भाग समेत देखिएको छ । यस्तै मञ्चमा सामान्य कार्पेट बिछ्याइएको छ ।

यसअघि शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रम भने शीतल निवास भित्रको सानो कोठामा आयोजना गरिएको थियो तर सोमाबार भने बाहिरै टेन्ट टाँगेर मञ्च बनाइएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदमा अर्थमन्त्रीको रूपमा रामेश्वर खनाल, ऊर्जामन्त्रीको रूपमा कुलमान घिसिङ र गृह एबम कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालको शपथ गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदमा समाबेश हुने भनेर अन्य व्यक्तिहरुको नाम समेत चर्चामा आएपनि पहिलो चरणमा तीनजनालाई मात्र मन्त्रि बनाइएको हो ।

३० भाद्र २०८२, सोमबार १२:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा