Play

केन्द्रीय कार्यालयबाट कांग्रेस नेता महरको अपिल ‘संविधानको रक्षा गर्दै नयाँ नेपाल पुनर्निर्माणमा जुटौं’

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानको रक्षा गर्दै सम्पूर्ण देशबासी राष्ट्र पुनर्निर्माणको अभियानमा जुट्नुपर्ने बताएका छन्। जेनजीको आन्दोलनबाट जलेर क्षति पुगेको कांग्रेस केन्द्रीय कार्यालय पुगेर महरले उक्त अपिल गरेका हुन्।

‘हामी नेपालको राजनीतिको संघीन मोडमा उभिएका छौं। नेपालका जनताका पक्षमा २०९७ सालदेखिको परिवर्तनका पक्षमा रहेका नेपाली जनताले आज पनि नेपाल पुनर्निर्माणमा योगदान दिनुपर्ने बेला आएको छ। नेपालका सरकारी संरचना ध्वस्त भएका छन्। यसबाट हामी आत्तिनु हुँदैन। खरानीबाट पनि मुलुकहरू माथि उठेका थुप्रै उदाहरण हामी सामू छन्। हिरोसिमा र नागसाकी जस्तै हामी पुनर्निर्माण गरेर देशलाई जुरुक्क माथि उठाउन सक्छौं,’ महरले भने।

पछिल्लो पटकको देशमा भ्रष्टाचारको गन्ध, सुशासनको स्थापना र सामाजिक सञ्जाल सुचारुको माग गरेर जेनजी पुस्ताले गरेको आन्दोलन एउटा बिन्दुमा आएर अड्किएको र यसको निकासका लागि सबै पक्ष तत्पर रहनु पर्ने उनको धारणा छ।

बिपी कोइरालाको ११२औं जन्मजयन्तिको अवसरमा सिंहदरबार, सर्वोच्च अदालतलगायत नेपालका थुप्रै राणाकालदेखि स्थापना हुँदै आएका संस्था ध्वस्त हुँदा आफू निकै मर्माहत भएको उनले बताए। जेनजी पुस्ताको उदेश्य विध्वंश नभए पनि आन्दोलनमा ठूलो घुसपैठ भएको उनले बताए।

‘राजनीतिक दलका पार्टी कार्यालय मात्र जलेका छैनन्। देशका सार्वजनिक कार्यालय, नेताका निजी निवास ध्वस्त भएका छन्। यसबाट मुलुकले खर्बौको क्षति बेहोर्नु परेको छ। यो घाटा पुर्तिका लागि नेपाली जनता दिलबाट नै सक्रिय हुनुपर्ने बेला आएको छ। खरानी टकटक्याएर नेपाललाई जुरुक्क माथि उठ्ने काम गरौं,’ उनले भने।

जेनजी पुस्ताले माग गरे अनुसार आन्दोलन सफलता उन्मुख भएको बताउँदै उनले युवाहरूका माग सम्बोधनमा पनि गम्भीर हुनुपर्ने धारणा राखेका छन्। संविधान र विधिको शासनभित्र रहेर नै नयाँ नेपाल निर्माणमा सबै जुट्नुपर्ने महरले बताए।

देशभर आगजनीबाट भएको क्षतिप्रति उनले गहिरो दु:ख व्यक्त गरेका छन्। अहिलेसम्म आन्दोलनका क्रममा ज्यान गुमाएकोप्रति महरले समवेदना व्यक्त गरेका छन्। कांग्रेस सभापतिलगायत विभिन्न राजनीतिक दलका नेतामाथि भएको हमला लोकतन्त्रविरुद्धको हमला भएको उनको ठहर छ।

महर आज सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत हुँदै कांग्रेस पार्टी कार्यालय पुगेका थिए। पार्टीबाट पहिलो पटक केन्द्रीय कार्यालय पुगेका महरले केही नेता कार्यकर्तालाई बोलाएर देशमा डराउनु पर्ने अवस्था नरेको बताएका थिए। उनले आफ्ना गतिविधिमा सक्रिय हुन निर्देशनसमेत दिएका छन्।

२७ भाद्र २०८२, शुक्रबार १९:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा