Play

शुक्रबार नभए शनिबारसम्ममा नयाँ प्रधानमन्त्री आउने मुख्यसचिव पाण्डेको भनाई

गुरुकुल खबर


पोखरा, सरकारका मुख्यसचिव एकनारायण अर्यालले नयाँ प्रधानमन्त्री तत्कालै आउने संकेत गरेका छन् । नेपाल सरकारका सचिवहरूको बैठकलाई बिहिबार सम्बोधन गर्दै अर्यालले भने, ‘भोलि नयाँ प्रधानमन्त्री आउने सम्भावना प्रवल छ, भोलि नभए पर्सि आउनुहुन्छ सबै जना तयारी अवस्थामा रहनुहोला ।’

बिहिबार २ बजेदेखि ४ बजेर १५ मिनेटसम्म सचिवहरूको जुम बैठक भएको थियो । सो बैठकमा मन्त्रालय र मातहतका कार्यालयहरूमा भएको क्षतिको प्रारम्भिक रिर्पोट सचिवहरूबाट लिएपछि मुख्यसचिवले प्रधानमन्त्रीको शपथ ग्रहण र पदभारको प्रसंग निकालेको एक सचिवले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयका कोठाहरूलाई सफा गरेर बस्न योग्य बनाउन, बस्न योग्य छैन भने टेण्ट टाँगेर भए पनि तयारी अवस्थामा रहन सचिवहरूलाई मुख्यसचिवले निर्देशन गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणपश्चात पदभार ग्रहणका लागि सिंहदरबारसम्म ल्याउनका लागि सवारी साधनहरू के कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो ।

सिंहदरबार भित्रका सवारीसाधनहरू जलेर नष्ट भएको कारण कार्यालयहरूमा सुरक्षित रहेका गाडीहरू सिंहदरबारमा ल्याउन सचिवहरूलाई आग्रह गर्दै अर्यालले बैठकमा भने, ‘नयाँ आउने प्रधानमन्त्री र मन्त्रीहरू सामान्य सेवा सुविधा खोज्नेहरू आउनुहुन्छ, प्रेसर पर्देन । हामी तयारी अवस्थामा रहनु पर्छ ।’

सवारीसाधन र कार्यालयको विषयमा छलफल भइरहेको बेला राष्ट्रिय योजना आयोगका सचिव सुमन अर्यालले योजना आयोगमा मन्त्रीहरूका लागि कोठाहरू उपलब्ध भएको जानकारी गराएका थिए । योजना आयोगमा उपाध्यक्ष र सदस्यहरू नभएका कारण मन्त्रीहरूलाई पदभार त्यही गर्न सकिने उपाय सचिव अर्यालले बैठकमा राखेको एक सचिवले जानकारी दिएको खबर शिलापत्रले प्रकाशित गरेको छ ।

२६ भाद्र २०८२, बिहीबार २२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा