Play

जेनजीको नाममा आन्दोलन: देशभर ३० जनाको मृत्यु, एक हजार बढी घाइते

गुरुकुल खबर


काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा  भएको हिंसात्मक प्रदर्शनमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु भएको र एक हजार ६१ जनाको उपचार भएको छ । उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको जानकारी दिए । यो सङ्ख्या जेनजी पुस्ताको नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको घटनाको हो ।

निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना र भेरी अस्पतलालमा पाँचजना गरी ३० जनाको निधन भैसकेको छ ।

यस्तै, अहिले २७४ जना घाइतेको अस्पतालहरुमा भर्ना भएर उपचार भइरहेको छ । यस्तै ५६ जनालाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गरिएको छ भने ७१९ जना उपचार पश्चात् घर फर्किसकेका छन् ।

सचिव डा देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८ जना, ट्रमासेन्टरमा ५८ जना र वीर अस्पतालमा २० जना, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेज २४, वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।

सबभन्दा धेरै निजामती कर्मचारी अस्पतालमा ४३६ जना, ट्रमा सेन्टरमा १६१ जना र एभरेष्ट अस्पतालमा १०९ जना घाइतेको उपचार भएको बुझिएको छ ।

२५ भाद्र २०८२, बुधबार २१:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा