काठमाडौँ, काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट तिन हजारभन्दा बढी कैदी भागेका छन् । मुलुकका बिभिन्न कारागारहरुबाट जेनजीको नाममा सडकमा उत्रिएका आन्दोलनकारीको सहयोगमा कैदी बन्दी भाग्ने क्रम चलिरहेको बेला केन्द्रीय कारागारबाट पनि कैदी बन्दिहरु भागेको बुझिएको छ
यसरी भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त समेत रहेका नेकपा एमालेका नेता पूर्वमन्त्री टोबहादुर रायमाझी पनि रहेको कारागार स्रोतले बताएको छ ।
यसअघि काठमाडौंको डिल्लीबजार कारागारबाट पनि कैदीहरू भाग्ने प्रयास गरेका थिए । तर, नेपाली सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
कैदो बन्दिहरुले आँफुहरु जस्तै बन्दि रहेको रबि लामिछानेलाई जेलबाट निकाल्ने तर अन्य नेपाली सर्बसाधारणलाई जेलमा राखिराख्ने भन्दै असन्तुष्टि प्रकट गर्दै जेल तोड्ने र भाग्ने क्रम देशका बिभिन्न कारागारमा चलिरहेको छ ।















