पोखरा, पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। कम्पनीको अध्यक्षमा ऐन कुमार साई ६ सय ८ मत प्राप्त गरि बिजयी भए भने उनका प्रतिस्पर्धी विज्ञान श्रेष्ठले साईको भन्दा ८४ मत कम अर्थात ५ सय २४ मता मात्र पाए ।
कम्पनीको संचालक पदतर्फ हेमन्त मल्ल ८४० मतसहित सर्वाधिक मत ल्याउँदै विजयी भए। त्यस्तै जयप्रसाद शर्मा र मेघराज त्रिपाठी दुवैले बराबरी ७२३ मत पाएर निर्वाचित भए। यसैगरि अशोककुमार चौधरी (६८० मत), कृष्णप्रसाद पौडेल (६५९ मत), जसबहादुर गुरुङ (६२४ मत), बाबुराम दवाडी ‘साइँला’ (६१५ मत), ज्ञानबहादुर केसी ‘ज्ञानु सर’ (५६६ मत), काशी शर्मा न्यौपाने (रामु) (५३६ मत) र लक्ष्मीप्रसाद पौडेल (५३४ मत) पाएर सञ्चालक पदमा निर्बाचित भएका छन।
क्षेत्रीय संयोजकमा बेशीशहरका बुद्धिप्रसाद घिमिरे र धौलागिरीका इन्द्रप्रसाद गुरुङ विजयी भए। यस्तै क्षेत्रीय सदस्यमा खोमबहादुर थापा, रामप्रसाद भट्ट, विक्रम थापा, चिरञ्जिवि रेग्मी, भानुभक्त न्यौपाने, सुमनकुमार श्रेष्ठ र सुजन श्रेष्ठ निर्विरोध निर्वाचित भए।
कम्पनीको निबर्तमान अध्यक्ष योगेन्द्रबहादुर केसी रहेका छन। केसीले यस पटक पनि अध्यक्ष बन्ने चाहना राखेको थिए तर उनि राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको कारण पृथ्वीराजमार्ग बस संचालक कम्पनीमा बर्चस्व र प्रभाव रहेका नेकपा एमालेका केहि नेताले केसीको विकल्पको रुपमा साईलाई अगाडी सारेका थिए
एमाले निकटका ब्यबसायीहरुले साईलाई अगाडी सारेपछि प्रजातन्त्रबादी ब्यबसायीहरुले केसीको समेत समर्थनमा ब्यबसायी बिधान श्रेष्ठलाई साईको प्रतिष्पर्धी बनाइएको थियो श्रेष्ठले राम्रो मत पाएको भएपनि ८४ मत अपुग भएको कारण अध्यक्षमा निर्बाचित हुन् सकेनन।
नयाँ नेतृत्वले आगामी कार्यकालमा बस व्यवसायलाई अझ सुदृढ र व्यवस्थित बनाउने अपेक्षा गरिएको कम्पनीका कार्यालय प्रमुख ज्ञानेन्द्रकुमार थापाले जानकारी दिए।















