Play

युआरएलद्वारा बिभिन्न सहकारीको साधारणसभामा चारसय जनाको निशुल्क जांच

गुरुकुल खबर


पोखरा, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका बिभिन्न दुई स्थानमा  आयोजना गरेको शिविरमा करिब चार सय जनाको रक्त परीक्षण निशुल्क गरिएको छ ।

सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभाको सन्दर्भमा आयोजना गरिएको शिविरमा  २ सय ५ जनाको मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी जाँच निशुल्क गरिएको हो ।

यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभाको सन्दर्भमा आयोजित शिविरमा १ सय ८० जनाको रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैला सम्बन्धी रक्तजाँच) समेत निशुल्क गरिएको थियो ।

१२ वर्षअघि पोखरामा स्थापना भएको युआरएल गण्डकी प्रदेशको एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब हो ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले १२ वर्षको अवधिमा युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २ सय ९ निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए। यो अवधिमा साढे ३ लाख जनाले शिविरबाट निशुल्क रगत जाँच सुविधा लिएको उनले बताए ।

२२ भाद्र २०८२, आईतवार २३:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा