Play

लेखनाथ उबासंघमा १,३०० मत गणना: ९७ मतले जानुका अगाडी, प्यानल पनि बिजयोन्मुख(मत विवरण सहित)

एसोसिएट सदस्यमा जानुका प्यानलका दयाराज भण्डारी बिजयी


गुरुकुल खबर


पोखरा, लेखनाथ उधोग बाणिज्य संघको निर्बाचन मतगणना बिहान ८ बजेबाट शुरु भएपनि अझै करिब ६ सय मतगणना हुन बाँकी छ। कुल १ हजार ८८१ मत खसेकोमा हालसम्म १ हजार ३ सय मत गणना भैसकेको र उक्त मतगणनाको परिणाम अनुसार अध्यक्ष पदमा जानुकाले मतान्तर फराकिलो बनाउंदै गएकी छन। यसले गर्दा अध्यक्ष पदमा जानुका बिजयोन्मुख देखिएकी छन।

कार्यसमितिका पदाधिकारी र सदस्यहरुमा पनि जानुकाकै प्यानलका उमेदवारहरुले अग्रता लिईरहेको कारण उनीहरु पनि बिजयतर्फ उन्मुख भएको अनुमान धेरैले गरेका छन। हालसम्मको मतगणना अनुसार लेखनाथ उद्योग बाणिज्य संघका पदाधिकारीहरुको १ हजार ३ सय मतगणना भैसकेको छ भने सदस्यहरुको पनि ८ सय मतगणनाको परिणाम सार्बजनिक भएको छ ।

पदाधिकारी तर्फको १ हजार ३ सय मतगणनाको परिणाम सार्बजनिक हुँदा अध्यक्षमा जानुका पराजुली अधिकारीले ६ सय ८० मत प्राप्त गरि आफ्ना प्रतिद्वन्दी राजेन्द्र ओझा भन्दा ९७ मतले अग्रता लिईरहेकी छन। अध्यक्षका अर्का उमेदवार राजेन्द्र ओझाले ५ सय ८३  मत पाएका छन। जानुकाले मतान्तर फराकिलो बनाउंदै लगेपछि जनुकाका समर्थकहरु उत्साहित देखिएका छन भने राजेन्द्रका समर्थकहरुमा सम्भावित हारको कारण निराशा बढ्न थालेको छ।

अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष र महासचिब लगायतको मत हेर्दा पनि जानुकाको प्यानलले अग्रता पाइरहेको देखिन्छ। प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, उपमहासचिब, कोषाध्यक्ष लगायतका पदमा भने जानुकाको प्यानलका उमेद्वारहरुले मतान्तर फराकिलो बनाउंदै गएको र उनको प्यानलका अन्य पदाधिकारीहरुले मतगणनामा अग्रता लिईरहेका छन।

कार्यसमितिको सदस्यमा पनि जानुका प्यानलका सबैजसो उमेदवारहरुले अग्रता लिईरहेका छन सदस्यहरुमध्ये सुजन न्यौपानेले ८ सय मत गन्दा ४ सय ५७ मत प्राप्त गरेको छन। दोश्रोमा प्रतिक्षा रानाभाटले ४ सय ३७ मत प्राप्त गरेकी छन। ८ जना खुला सदस्यहरुमा जानुका प्यानलका सबै सदस्यहरुले अग्रता लिईरहेकोले उनीहरुसमेत बिजयोन्मुख बन्दै गएको अनुमान गरिएको छ।

एसोसिएट सदस्यमा जानुका प्यानलका भण्डारी बिजयी 

लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिमा एसोसिएट सदस्य तर्फबाट कार्यसमितिको सदस्यमा जानुका पराजुली प्यानलका उमेदवार दयाराज भण्डारी बिजयी भएका छन उनले २७ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्दी राजेन्द्र ओझा प्यानलका उमेदवार प्रवेश बन्जराले २१ मत मात्र प्राप्त गरेका थिए। एसोसिएट तर्फ ५० जना मतदाता रहेकोमा ४८ जनाले मतदान गरेको बुझिएको छ।

कार्यसमितिको सदस्यमा बिजयी भण्डारी युवा ब्यबसायी हुन्। उनि रियल स्टेट ब्यबसायमा सक्रिय छन। नेपाली काँग्रेस गण्डकी प्रदेशको सदस्य समेत रहेका भण्डारीको परिवार समेत कांग्रेसको राजनीतिमा सक्रिय छ। उनका दाजु रामबाबु भण्डारी नेपाली काँग्रेस कास्कीको उपसभापति हुन।

जानुका प्यानलका पदाधिकारीहरुले पाएको मत यसप्रकार रहेको छ 

  • अध्यक्ष  : जानुका अधिकारी पराजुली      ६८०
  • वरिष्ठ उपाध्यक्ष : गोपिचन्द्र वास्तोला        ६८६
  • प्रथम उपाध्यक्ष : विक्रम कर्माचार्य          ७७८
  • द्वितीय उपाध्यक्ष : ध्रुबबाबु भट्टराई          ८३०
  • महासचिव : भरतराज ओझा                  ६४७
  • उपमहासचिव : गंगा कुमारी मल्ल          ७३६
  • कोषाध्यक्ष : हरि वस्ताकोटी                   ६९९
  • राजेन्द्र प्यानलका पदाधिकारीहरुले प्राप्त गरेको मत यस प्रकार रहेको छ
  • अध्यक्ष : राजेन्द्र ओझा                    ५८३
  • वरिष्ठ उपाध्यक्ष : उपेन्द्रराज सुवेदी  ५७३
  • प्रथम उपाध्यक्ष : मेनुका श्रेष्ठ            ४८४
  • द्वितीय उपाध्यक्ष : धिरजकुमार श्रेष्ठ  ४३२
  • महासचिव : जिवन तिवारी                ६२०
  • उपमहासचिव : लक्ष्मीप्रसाद ढुगाना  ५२७
  • कोषाध्यक्ष : टिकाराम सापकोटा       ५५५
  • जानुका प्यानलका सदस्यका उमेदवारको मत यस प्रकार रहेको छ
  • भविन्द्र पुन (भविन)             ४९२
  • बीरेन्द्रराज भुर्तेल                 ४७२
  • दिपक अधिकारी                 ४६६
  • कृष्णप्रसाद तिमिल्सिना        ४३२
  • प्रतिक्षा रानाभाट                  ५०१
  • प्रभा कुमारी पौडेल लामिछाने ४६३
  • सन्दिप बुढाथोकी                 ४२१
  • सुजन न्यौपाने                      ५१९
  • राजेन्द्र प्यानलका सदस्यका उमेदवारको मत यस प्रकार रहेको छ।
  • भीमप्रसाद सुवेदी (सन्तोष)    २७१
  • घनश्याम ढुंगाना                   ३२६
  • किशोर अधिकारी                 ३३१
  • कृष्णप्रसाद सुवेदी                 ४१२
  • नवराज पौडेल                      ४१३
  • सन्तोष हमाल                      २३५
  • शिवराज अधिकारी              २९५
  • सुरेन्द्र गुरुङ                        ३४०

२२ भाद्र २०८२, आईतवार १९:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा