Play

सिद्ध पब्लिक कलेजको चौथो सभा सम्पन्न, कलेजको शैक्षिक एबम भौतिक बिकासमा जोड

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका -१५ प्रतिभा टोलस्थित सिद्ध पब्लिक कलेजको चौथो क्याम्पस सभा सम्पन्न भएको छ। गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व भागवत भाष्कर कमलनयन गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिका -१५ का वडाध्यक्ष तोरणबहादुर बनिया, प्राध्यापक आनन्दराज अधिकारी,कालिका बहुमुखी क्याम्पसका प्रमुख बिरंजी गौतम, गंगाबहादुर खड्का,भक्तबहादुर केसी लगायतले सिद्ध पब्लिक कलेजको भौतिक एबम शैक्षिक बिकासको लागि स्थानीय एबम प्रदेश सरकार र सरोकारवालाहरुको सहयोग जरुरी रहेको बताए।

सभाको उद्घाटन समारोहमा बिधार्थी एबम अन्य कलाकारहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय टोल विकास संस्था,आमासमुह एबम छिमेकी बिद्यालय र क्याम्पसका प्रमुखहरु, स्थानीय सर्बसाधारण र अभिभावकहरु समेतको उल्लेखनीय उपस्थिति रहेको उक्त कलेजमा प्राध्यापन गर्दै आएका दिनेश आचार्यले गुरुकुल खबरलाई जानकारी दिएका छन।

 

२१ भाद्र २०८२, शनिबार २०:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा