Play

लेखनाथ उबासंघमा चुनाब: जानुका र राजेन्द्र प्यानलबिचको प्रतिष्पर्धाको टुंगो लाग्दै, मतदान कार्य जारी

गुरुकुल खबर


पोखरा, लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व सहितको कार्यसमिति चयनका लागि मतदान जारी छ । बिहान सात बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । लेखनाथ उद्योग बाणिज्य संघको यसपटकको निर्बाचनमा दुई हजार बढी सदस्य रहेको र करिब दुई हजार मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ । मतदानमा १ हजार ८ सय बढी मत खस्ने अनुमान गरिएको छ ।

संघको १९ सदस्यीय कार्यसमितिको बिभिन्न पदमा निर्बाचित हुनको लागि दुईवटा छुट्टाछुट्टै प्यानलबाट ३७ जना उमेद्वारहरु चुनाबी प्रतिष्पर्धामा छन। संस्थागत तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सदस्य भने निर्बिरोध निर्बाचित भैसकेको छन ।

आगामी कार्यकालको लागि संघको अध्यक्ष बन्ने दौडमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारी लागिरहेका छन। लेखनाथ उद्योग बाणिज्य संघको राजनीतिमा समकालीन मानिएका राजेन्द्र र जानुका दुबैले यस अगाडी सदस्य र कोषाध्यक्ष बनेर काम गरिसकेका छन। त्यसपछिको कार्यकालमा राजेन्द्रले एकैपटक उपाध्यक्ष बन्ने अवसर प्राप्त गरे अनि बरिष्ठ उपाध्यक्ष बन्न पुगेका थिए भने जानुकाले उपमहसचिब हुँदै महासचिबको जिम्मेवारी निर्बाह गरिन ।

जानुकाले महासचिवको जिम्मेवारी कुशलतापुर्बक निर्बाह गरेकै कारण कार्यसमितिमा रहेका उनि भन्दा अग्रज एबम माथिल्लो पदमा रहेकाहरुले समेत सहज रुपमा स्वीकार गर्दै जानुकालाई अध्यक्ष मानेर कार्यसमितिको अन्य जिम्मेवारीमा बस्न तयार भए। संघको कार्यसमितिको निर्बाचनमा उमेदवारी दिएकाहरुमध्ये सबैभन्दा लामो समय कम गरेका गोपिचन्द्र बाँस्तोला जानुकाको प्यानलमा बरिष्ठ उपाध्यक्षको उमेदवार बनेका छन। यसैगरी यस अगाडीका द्वितीय उपाध्यक्ष बिक्रम कर्माचार्य पनि जानुकाको प्यानलमा प्रथम उपाध्यक्षको उमेदवार छन। महासचिब पदमा उमेदवार बनेका भरतराज ओझाले यस अगाडी कार्यसमितिमा बिभिन्न जिम्मेवारी सम्हालेका  थिए भने कोषाध्यक्ष हरी बस्ताकोटीले पनि सदस्यमा दुई कार्यकाल काम गरिसकेका छन।

जानुकाको प्यानलमा रहेका उमेदवारहरुमध्ये अधिकांश उमेदवारहरु यस अगाडि कार्यसमितिको पदाधिकारी एबम सदस्यमा रहेर काम गरिसकेका अनुभवीहरु रहेका छन। यसैगरी करिब ८ सय मतदाता रहेको लेखनाथ उद्योग बाणिज्य संघमा जानुकाको प्यानलमा छ जना महिला उमेदवार रहेको छन। जसअनुसार अघिल्लो पटकको निर्बाचनमा लोकप्रिय मत पाएर सदस्यमा निर्बाचित गंगा मल्ल यसपटक उपमहसचिब पदको उमेदवार छिन भने महिला सदस्यमा लोकप्रिय मत पाएर जितेकी प्रतिक्षा रानाभाट यसपटक खुला सदस्यको उमेद्वार बनेकी छन ।

जानुकाको प्यानललाई संघका पुर्ब अध्यक्षहरु मध्ये अधिकांशको समर्थन रहेको छ। संस्थाका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यदेखि निबर्तमान अध्यक्ष छत्रधर आत्रेय सहित अन्य पूर्व अध्यक्षहरु जानुकाको प्यानलमा सक्रियता पुर्बक लागेकोले जानुका प्यानलको पल्लाभारी रहेको अनुमान धेरैले गरेका छन। यसका साथै लेखनाथ उद्योग बाणिज्य संघका मतदाताहरुमध्ये १ हजार बढी मतदाता नेपाली काँग्रेस समर्थक रहेको र जानुकाको प्यानललाई नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र अन्य केहिले समेत समर्थन गरेको कारण जानुकाको प्यानल बलियो देखिएको छ।

अर्को प्यानलको नेतृत्व गरेका राजेन्द्र ओझा बरिष्ठ उपाध्यक्ष रहेर काम गरेको कारण उनले आँफुलाई स्वाभाविक उमेद्वारको रुपमा चित्रण गर्दै आएका छन । उनलाई बर्तमान अध्यक्ष बिनोद श्रेष्ठ र उपाध्यक्ष उपेन्द्रराज सुबेदी लगायत कार्यसमितिमा काम गरेकाहरुले समर्थन गरेको छन। नेपाली काँग्रेस निकट मानिने सुबेदीलाई राजेन्द्रले बरिष्ठ उपाध्यक्षको उमेद्वार बनाएका छन।

सुबेदीले पनि आँफु कांग्रेस भएको भन्दै आँफुलाई मतदान गर्ने बाताबरण बनाइदिन कांग्रेसका नेताहरु समक्ष पुगेको बुझिएको छ। तर कांग्रेस सम्बद्ध सबैजसो उमेद्वारहरु जनुकको प्यानलमा रहेको र संघका पुर्ब अध्यक्षहरु पनि जानुकाको पक्षमा रहेकोले सुबेदीको सुबेदीको पक्षमा कांग्रेसहरु खुलेको देखिएको छैन।

राजेन्द्रको प्यानलमा महिला उमेदवारहरुको संख्या तिन जना मात्र रहेको छ। जसमध्ये एकजना महिला मेनुका श्रेष्ठलाई प्रथम उपाध्यक्षको उमेदवार बनाइएको छ। राजेन्द्रको प्यानललाई नेकपा एमाले सम्बद्ध मतदाताको साथ् रहेको बताइन्छ। यसबाहेक बरिष्ठ उपाध्यक्षका उमेदवार सुबेदीले कांग्रेस सम्बद्ध केहि मत लैजानसक्ने अनुमान गरिएको छ। राजेन्द्रको प्यानललाई रास्वपा र राप्रपाको समेत मत आउने दाबि गरिएको छ।

अधिकांश ब्यबसायिहरुले व्यक्तिगत सम्पर्क र चिनजानको आधारमा समेत मतदान गर्ने भएकोले पार्टीगत निर्णयको पालना कत्तिको होला त भनेर प्रश्न उठ्न थालेको छ।

संघको कार्यसमितिको निर्बाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको रुपमा वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यलाई जिम्मेवारी दिईएको छ भने  निर्वाचन मण्डलको सदस्यमा हरी त्रिपाठी र राजेश भटटाईलाई राखिएको छ । राजेन्द्र र जानुकाको प्यानलमा रहेका उमेदवारहरुको नामावली यस प्रकार रहेको छ।

जानुका पराजुली अधिकारीको प्यानल 

  • अध्यक्ष : जानुका अधिकारी पराजुली
  • वरिष्ठ उपाध्यक्ष : गोपिचन्द्र वास्तोला
  • प्रथम उपाध्यक्ष : विक्रम कर्माचार्य
  • द्वितीय उपाध्यक्ष : ध्रुबबाबु भट्टराई (आई.डी.)
  • महासचिव : भरतराज ओझा
  • उपमहासचिव : गंगा कुमारी मल्ल
  • कोषाध्यक्ष : हरि वस्ताकोटी
  • महिला सदस्य
  • सर्मिला श्रेष्ठ
  • गंगा सापकोटा परियार
  • खुला कार्यसमिति सदस्य
  • भविन्द्र पुन (भविन)
  • बीरेन्द्रराज भुर्तेल
  • दिपक अधिकारी
  • कृष्णप्रसाद तिमिल्सिना
  • प्रतिक्षा रानाभाट
  • प्रभा कुमारी पौडेल लामिछाने
  • सन्दिप बुढाथोकी
  • सुजन न्यौपान
  • एशोशियट सदस्य
  • दयाराज भण्डारी

राजेन्द्र ओझाको  प्यानल 

  • अध्यक्ष : राजेन्द्र ओझा
  • वरिष्ठ उपाध्यक्ष : उपेन्द्रराज सुवेदी (राजु)
  • प्रथम उपाध्यक्ष : मेनुका श्रेष्ठ
  • द्वितीय उपाध्यक्ष : धिरजकुमार श्रेष्ठ
  • महासचिव : जिवन तिवारी
  • उपमहासचिव : लक्ष्मीप्रसाद ढुगाना (एल.पी.)
  • कोषाध्यक्ष : टिकाराम सापकोटा
  • महिला सदस्य
  • सपना सुवेदी
  • लक्ष्मी ठाकुर (सुनार)
  • खुला कार्यसमिति सदस्य
  • भीमप्रसाद सुवेदी (सन्तोष)
  • घनश्याम ढुंगाना
  • किशोर अधिकारी
  • कृष्णप्रसाद सुवेदी
  • नवराज पौडेल
  • सन्तोष हमाल
  • शिवराज अधिकारी
  • सुरेन्द्र गुरुङ
  • एशोशियट सदस्य
  • प्रवेश बञ्जरा

२१ भाद्र २०८२, शनिबार ०८:४४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा