Play

निष्ठा, इमान्दारिता र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रुपान्तरण सम्भव – अध्यक्ष ढकाल

गुरुकुल खबर


पोखरा, पोखराको लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवं १५औं महाधिवेशन कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ। अधिबेशनले आगामी कार्यकालको लागि लेखनाथ उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति समेत चयन गर्नेछ। यस पटक कार्यसमितिमा निर्बाचित हुन् दुईवटा प्यानल चुनाबी मैदानमा उत्रिएका छन । एउटा प्यानलको नेतृत्व संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका छन् भने अर्को प्यानलको नेतृत्व संघको महासचिब जानुका पराजुली अधिकारीले गरेकी छन।

साधारण सभा एबम अधिबेशनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रकाश ढकालले गरेका हुन साधारणसभा एबम अधिबेशनको उद्घाटन गर्दै महासंघका अध्यक्ष ढकालले निष्ठा, इमान्दारिता र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव भएको बताए।

महासंघका अध्यक्ष ढकालले औद्योगिक विकासलाई अघि बढाउन नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको भन्दै सूचना प्रविधि र सिपयुक्त रोजगारीमा लगानी बढाउनुपर्नेमा पनि जोड दिए। जुन कुराको बढी संभावना देखिन्छ, सोही चिजको खोजी गरी आर्थिक उर्पाजन गर्ने तर्फ व्यवसायी लाग्नुपर्नेउनको भनाई थियो। निजी क्षेत्रबाट हुने लगानीबाट मात्रै मुलुकको आर्थिक गतिविधि चलायमान हुने उल्लेख गर्दै महासंघका अध्यक्ष ढकालले निराश नबन्न निजि क्षेत्र सहित सबैसंग आग्रह गरे ।

कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लेखनाथ धेरै सम्भावना भएको क्षेत्र भएकाले आर्थिक तथा रोजगारी वृद्धिका लागि संघले उपयुक्त कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने सुझाव दिईन। उद्योग ब्रयबसाय र चाडपर्वलाई ध्यानमा राखी शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गर्दै प्रजिअ शर्माले भनिन। “संघको नेतृत्वले साना व्यवसायीको हितमा काम गर्न र लेखनाथ क्षेत्रको पर्यटकीय सम्भावना सहित आर्थिक बिकासमा भूमिका खेल्नु आबश्यकं छ।”

लेखनाथ उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघले भौतिक संरचनाको विकास र लेखनाथ क्षेत्रको सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निभाएको बताए। उनले २०७८ सालमा स्थापना गरिएको ‘चन्द्रकृष्ण जेष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरा–३२ राधाकृष्ण शान्ति आश्रमका पिठाधिस एवं पोखरेली नवरत्न मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिएको जानकारी दिए । उक्त पुरस्कारको राशि १ लाख १ हजार रुपैया र सम्मानपत्र रहेको छ।

यस बर्षको कृष्ण प्रसाद ढुङ्गाना वातावरण पुरस्कार लेखनाथको ढुक्क टोलीलाई प्रदान गरिएको छ भने सुर्यमणि लामिछाने आर्थिक पत्रकारिता पुरस्कार पत्रकार सुरेन्द्र पौडललाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि १५ हजार ८८ रहेको छ। त्यस्तै महिला उद्यमी सम्मान यस वर्ष रुपकला श्रेष्ठलाई प्रदान गरिएको कार्यक्रममा जानकारी दिईएको थियो।

साधारण सभाको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा–३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदी, कास्की जिल्ला समन्वय समिति अध्यक्ष लिलाधर बराल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भटट्चन, सिन्धुली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अम्रेशकुमार बैदार, नेकपा माओवादीका जिल्ला संयोजक विश्व प्रकाश लामिछाने,पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र   सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा कुमारी खनाललगायतले आआफ्नो भनाई राखेका थिए ।

उद्घाटन समारोहको सभापतिको आसनबाट बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले बन्द रहेका उद्योगलाई चलायमान बनाउनुपर्ने धारणा राख्दै केन्द्रिय तहबाट लगानीमैत्री वातावरण सृजना गर्नुपर्ने बताए । उनले युवाशक्ति विदेशिने समस्याको समाधान भनेको रोजगारी सिर्जनान नै हो भन्दै लेखनाथमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र तथा स्थायी सभाहलको आवश्यकता रहेको उल्लेख गरेका थिए ।कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिईन् ।

२० भाद्र २०८२, शुक्रबार २०:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा