पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही जिल्लाको क्षेत्र न. ३ मा हुने उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरेसंगे बाह्य एबम आन्तरिक रुपमा बिबाद बढ्न थालेको छ। उमेदवारको रुपमा पार्टीका नेता सुलभ खरेल वा ज्ञानु पौड्याललाई बलियो विकल्प ठानिरहेका कतिपय रास्वपाका नेता कार्यकर्ताहरुमा यतिबेला निराशा र पिडा बढेको बताइन्छ
डा. थापामाथि बहुविवाहको उजुरी परेको छ भने पार्टीको आन्तरिक विवादले पनि उम्मेदवारी विवादित बनेको छ। थापाको पहिलो विवाह कायम रहिरहेको अबस्थामा सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेको भन्ने आरोप सार्वजनिक भएको छ। उनका पुराना युट्युब र हालका टिकटक भिडिओहरूमा दुवै श्रीमती देखिएको कुरालाई प्रमाणको रुपमा मानेर उनीमाथिको आरोप बढ्दै गएको छ।

थापामाथि पार्टीको गोप्य बैठकमा क्यामेरा वाला चस्मा लगाएर पार्टीका आन्तरिक कुराहरु रेकर्ड गरेको आरोप पनि लागेको छ। उमेदवार बन्न खिजेका अन्य आकांक्षीहरूले डा. थापाको बारेमा बिभिन्न किसिमका उजुरी दिएका भए पनि पार्टी भित्र कुनै अनुसन्धान नभएको आरोप पार्टी भित्रबाट लाग्न थालेको छ ।
सचिवालय बैठकले अन्ततः उनलाई उम्मेदवार घोषणा गरेपछि पार्टीभित्र असन्तोष बढ्ने क्रम शुरु भएको हो । पार्टीले गरेको प्राइमरी ईलेक्सनमा पार्टीका केन्द्रीय नेताहरुले समेत मतदान नगरेको कुरा समेत यतिबेला चर्चा र बहसमा आएको छ।

















