Play

लेखनाथ उबासंघ चुनाब: बास्तोलाको उमेदवारी फिर्तासंगै उपमहासचिबमा मल्ल र ढुंगाना भिड्ने, फाइदा कसलाई ?

गुरुकुल खबर


पोखरा, लेखनाथ उद्योग बाणिज्य संघको आसन्न निर्बाचनको क्रममा उपमहासचिब पदमा उमेदवारी दिएका बुद्धि प्रसाद बाँस्तोलाले आफ्नो उमेदवारी फिर्ता लिएका छन। उपमहासचिब पदमा स्वतन्त्र रुपमा उमेद्वारी दर्ता गराएका बाँस्तोला सहित जानुका अधिकारी प्यानलबाट गंगा मल्लले र राजेन्द्र ओझाको प्यानलबाट लक्ष्मीप्रसाद ढुंगाना एलपीले उमेद्वारी दर्ता गराएका थिए।

तीनजना उपमहासचिबका उमेदवारहरु मध्ये स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका बाँस्तोलाले लेखनाथ उद्योग बाणिज्य संघमा दुई कार्यकाल सदस्य रहेर काम गरेका थिए भने जानुका प्यानलबाट उपमहासचिबको उमेदवारी दर्ता गराएकी गंगा मल्लले पनि दुई कार्यकाल सम्म संघको कार्यसमिति सदस्य रहेर काम गरेकी थिइन्। यसैगरी राजेन्द्र ओझाको प्यानलबाट उपमहासचिव पदमा उमेदवारी दिएका एलपी ढुंगाना पनि लेखनाथ उद्योग बाणिज्य संघको कार्यसमितिको सदस्य हुन।

तीनजनाले उपमहासचिब पदमा उमेद्वारी दिएपछि कसले बिजय प्राप्त गर्ला भन्ने बहस बढ्दै गरेको अबस्थामा स्वतन्त्र रुपमा उमेदवारी दर्ता गराएका बाँस्तोलाले आइतबार आंफ्नो उमेद्वारी फिर्ता लिएपछि भने उक्त पदमा दुई जनाको मात्र प्रतिष्पर्धा हुने र त्यसको फाइदा गंगा मल्ललाई पुग्ने अनुमान कतिपयले गरेका छन । तर,  कतिपयले बास्तोलाको उमेदवारी फिर्ताले एलपी ढुंगानालाई पनि फाइदा पुग्ने दाबि गरेका छन ।

गंगा मल्ल र बुद्धि बाँस्तोला दुवै जनाले दुई दुई कार्यकाल संघको कार्यसमितिमा रहेर काम गरेको कारण उनीहरु लेखनाथका ब्यबसायीहरु माझ परिचित मानिन्छन । यसबाहेक उनीहरु दुवै जना नेपाली काँग्रेस निकट व्यवसायीको रुपमा चिनिएकोले पनि उनीहरु दुवै जना उमेदवार बन्दा उनीहरुले पाउने मत विभाजन हुने अबस्था रहेको थियों । तर, बाँस्तोलाको उमेदवारी फिर्तासंगै जानुका प्यानल र उक्त प्यानलको उपमहासचिब पदका उमेद्वार मल्ल उत्साहित बनेकी छन।

बाँस्तोलाले उमेदवारी फिर्ता गर्नुको पछाडी स्थानीय नेता र संघका पुर्ब अध्यक्षहरु समेतको प्रभाव रहेको भनेर बुझ्नेहरु पनि पर्याप्त छन। तरपनि उनले अरुको प्रभावमा परेर उमेदवारी दर्ता र फिर्ता नगरेको स्पष्ट पारेका छन । उनले सामाजिक संजालमा प्रतिक्रिया दिंदै लेखेका छन “मेरो स्वतन्र उमेदवारी दर्ता र फिर्तामा कुनै राजनैतिक गुट उपगुट, पद र उमेदबारहरुको साथ र सपोर्ट सम्बन्धित छैन । सबैलाई सुभकामना छ ।”

उपमहासचिबका उमेदवार गंगा मल्लले भने बाँस्तोलाले उमेदवारी फिर्ता लिएर आँफुलाई सहयोग र समर्थन गर्ने बिश्वास ब्यक्त गरेकी छन। उनले आफ्नो सामाजिक संजाल फेसबुकमा बाँस्तोलासहितको तस्बिर सार्बजनिक गर्दै लेखेकी छन। “मलाई थाहा छ’ हजुर एकदमै  बौद्धिक, सालिन र असल एबम ईमान्दार व्यक्तित्व हुनुहुन्छ। हजुरको सोच, विचार र सदैव व्यावसायिक स्वतन्त्रतालाई प्राथमिकता दिने दृष्टिकोणलाई म सधैं सम्मान गर्छु। उप-महासचिव पदमा रहेको उमेदवारी फिर्ता लिएर, साथ सपोर्ट दिएर समर्थन गर्नुभएकोमा ह्रृदय देखिनै आभार प्रकट गर्दै धेरैधेरै धन्यबाद ब्यक्त गर्दछु।

यो यात्रामा हजुरको साथ, प्रेरणा र सहयोगले मलाई अझै सकारात्मक ऊर्जा दिएको छ। भविष्यमा पनि हजुरसँग मिलेर संस्थागत सुधार र व्यवसायिक स्वतन्त्रताको अभियानलाई अझ सबल बनाउन सहयोग पाउने आशा गर्दछु। पुनः धेरै धेरै धन्यवाद।” गंगा मल्लले भनेकी छन ।

एलपी ढुंगानाले पनि संघको कार्यसमिति सदस्यमा निर्बाचित भएर काम गरिरहेको र उनि बामपन्थी निकट मानिएका ब्यबसायी राजेन्द्र ओझाको प्यानलमा उपमहासचिवको उमेदवार रहेकोले उनले नेकपा एमाले सहित अन्य केहि दल निकट ब्यबसायीहरुको मत पाउने बिश्वास गरिएको छ। कांग्रेस निकट दुईजनाको उमेद्वारी कायम रहंदा त्यसको फाइदा ढुंगानालाई पुग्ने अनुमान गरेकाहरुलाई भने बाँस्तोलाको उमेद्वारी फिर्तापछि मल्ल र ढुंगानाको प्रतिष्पर्धामा मल्लले नै बिजय प्राप्त गर्ने सम्भावनाले झस्काएको छ।

यसका साथै लायन्स क्लब लगायतका बिभिन्न संघसंस्थामा मल्लको सक्रियता रहँदै आएको र महिलाहरु माझ लोकप्रिय रहेकोले त्यसको फाइदा पनि उनलाई पुग्ने देखिएको छ। उनि लेखनाथ स्थित बिभिन्न क्लब, आमासमुह र सामुदायिक सेवा केन्द्र जस्ता संस्थामा समेत सक्रिय छन ।

उपमहासचिवका अर्का उमेदवार ढुंगानाले पनि आफ्नो फेसबुकमा “बुद्धि प्रसाद वास्ताेलाले उपमहासचिव पदवाट मनोनयन  फिर्ता लिदै गर्दा केहि भावनाहरू लेखेर चेम्वरलाई सचेत वनाउने र यथार्थ विषयवस्तु प्रस्तुत गर्नुभएकाेमा धन्यवाद प्रकट गरेका छन । तर, बाँस्तोलाको उमेदवारी फिर्ताले उनलाई के कस्तो फाइदा पुग्ने भन्ने केहि उल्लेख गरेका छैनन।

लेखनाथ उद्योग बाणिज्य संघमा यसपटक दुई हजार १८ मतदाता रहेको छन । त्यस मध्ये  नेपाली काँग्रेस निकट ब्यबसायीहरुको संख्या एकहजार बढी रहेको  बताइन्छ भने नेकपा एमाले निकट ब्यबसायीहरुको संख्या दोश्रो स्थानमा र नेकपा माओबादी केन्द्र निकट व्यवसायीको संख्या तेश्रो स्थानमा रहेको अनुमान छ। यसबाहेक अन्य राजनीतिक दलसंग निकट ब्यबसायीहरुको संख्या भने न्युन रहेको छ।

१६ भाद्र २०८२, सोमबार ००:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा