Play

जनप्रिय क्याम्पसको स्नातक तह उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा विदाई

गुरुकुल खबर


पोखरा, जनप्रिय बहुमुखी क्याम्पस पोखराबाट व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह चौथो वर्ष उत्तीर्ण भएका विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बिदाइ गरिएको छ।  

क्याम्पसको व्यवस्थापन संकायको आयोजना भएको  कार्यक्रममा प्रमुख अतिथि तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिरेन्द्र नारायण बिजुक्छेले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै जनप्रिय बहुमुखी क्याम्पस सामुदायिक क्याम्पसहरूमध्येको उत्कृष्ट क्याम्पस रहेको बताए।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य निर्धारण गरी अगाडि बढ्न प्रेरित गर्दै शुभकामना प्रकट गरेका थिए। त्यस अबसरमा एमबिए कोअर्डिनेटर दिव्यालक्ष्मी चालिसेले पनि सबै सहभागीहरूलाई बधाई र सम्मान गरेकी थिईन।

​कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरू सन्तोष थापा मगर र दिपक सिंह महरा लगायत सबै उत्तीर्ण विद्यार्थीहरूलाई माला, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

यसैगरी ​नेपाल राष्ट्र बैंक पोखरा शाखाद्वारा आयोजित २०८० र २०८१ को हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेका विद्यार्थीहरू रामप्रसाद भट्टराई, रामबहादुर तामाङ, कुलबहादुर केसी र राजन पौडेललाई पनि सोहि कार्यक्रममा सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल विद्यार्थी संघका सुदर्शन पगेनी, अनेरास्ववियुका सचिन अधिकारी र सर्वोत्कृष्ट विद्यार्थी सन्तोष थापा मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

व्यवस्थापन संकायका विभागीय प्रमुख ऋषिराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा स्नाकोत्तर तह कार्यक्रमको बारेमा एमबिएस कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसेले गरेकी थिइन । उक्त कार्यक्रम विद्यार्थी हितशाखा प्रमुख बेदहरी तिमिल्सिनाले सञ्चालन गरेको क्याम्पसले जनाएको छ ।

१५ भाद्र २०८२, आईतवार १५:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा