पोखरा, नेपाल कुरियर सेवा संघ गण्डकी प्रदेशको दोश्रो अधिबेशनले संघको नयाँ कार्यसमिति निर्बाचित गरेको छ। शनिबार पोखरामा सम्पन्न अधिबेशनबाट नवनिर्बाचित कार्यसमितिको अध्यक्षमा रामचन्द्र पौडेल (रामु) निर्वाचित भएका छन् । अध्यक्षमा निर्बाचित पौडेलले यस अगाडी संघको उपाध्यक्ष रहेर काम गरेका थिए। उनि संघको प्रदेश समितिको स्थापनाकालका महासचिब समेत हुन। तनहुको शुक्लागण्डकी घर भएका पौडेल बिगत दुई दशकदेखि कुरियर व्यवसायमा संलग्न छन ।

नेपाल कुरियर सेवा संघ गण्डकी प्रदेशको तेस्रो बार्षिक साधा रणसभा एवम् दोस्रो अधिवेशनबाट निर्बाचित १९ सदस्यीय कार्यसमितिमा पोखरा क्षेत्रबाट ११ जना र अन्य विभिन्न जिल्लाबाट ८ जनाको प्रतिनिधित्व रहेको छ। जस अनुसार गण्डकी प्रदेश कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लक्ष्मी दाहाल,उपाध्यक्षमा हेम शर्मा रेग्मी निर्विरोध निर्वाचित भएका छन भने सचिवमा यशु रिमाल, कोषाध्यक्षमा सुशील ढकाल निर्वाचित भएको निर्वाचन समिति संयोजक महेन्द्र दाहालले जानकारी दिए ।
गण्डकी प्रदेश कार्यसमितिको सदस्यहरुमा अर्जुन बिजुक्छे, दिनेश बहादुर क्षेत्री, तिलक बराल, एलिशा बास्तोला, दिपेन पाइजा, सुमन कुँवर, कृष्ण श्रेष्ठ, प्रकाश पौडेल (पर्वत), अच्युत पोखरेल (स्याङ्जा), दिनेश पोखरेल, गंगा पुन मगर (म्यादी), दिनेश पौडेल (तनहुँ) निर्वाचित भएका छन कार्यसमितिमा निबर्तमान अध्यक्ष दिपक आचार्य पदेन सदस्य रहने र अन्य दुई जना सदस्य अध्यक्षले मनोनयन गर्ने ब्यबस्था विधानमा गरिएकोछ ।

प्रदेश समितिको सल्लाहकारहरुमा यस अगाडिको तदर्थ समितिका संयोजक द्वय सिद्धीभक्त श्रेष्ठ र होम शर्मा ढुङ्गेल रहेका छन भने गण्डकी कुरियर सेवा समितिका संस्थापक अध्यक्ष महेन्द्र दाहाललाई बरिष्ठ सल्लाहकारका रुपमा राखिएको छ ।
साधारणसभा एबम अधिबेशनको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हुलाक सेवा निर्देशनालय पोखराका निर्देशक नारायण प्रसाद आचार्यले आर्थिक विकासका लागि हुलाक र कुरियर क्षेत्रबीचको सहकार्य आबश्यक रहेकोमा जोड दिए । उनले हुलाक र कुरियर ब्यबसायीहरु बिचमा सौहार्दपूर्ण सम्बन्ध आबश्यक रहेको भन्दै कुरियर क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत भएकाले अर्थतन्त्रको ऊर्जा भएको समेत उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाद सुवेदीले (दिपेस) ले कुरियर व्यवसाय विना कुनै पनि काम सोच्न पनि नसकिने भैसकेको बताए अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रुपमा सामान डेलिभर नहुँदा देशलाई ठूलो नोक्सानी हुने उनको भनाई थियो । संघका महासचिव राजकुमार सामारी लगायतले कुरीयर ब्यबसायलाई सरकारले समेत सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।
गण्डकी प्रदेश समितिको अध्यक्षमा निर्बाचित पौडेलले टिएनटी एक्सप्रेस कुरियर पोखराबाट ब्यबसायिक क्षेत्रमा पहिचान बनाएर गण्डकी प्रदेश सहित देश भित्र र बाहिर समेत सेवा दिंदै आएका छन । अहिले पनि फेडेक्स एक्सप्रेस र एसएफ एक्सप्रेस लगायतका अन्तराष्ट्रिय कुरियरसंग मिलेर उनले काम गर्दै आएका छन ।
यसैबीच, नवनिर्बाचित अध्यक्ष पौडेलले गुरुकुल खबरसंग कुरा गर्दै जिल्लाका साना देखि ठुला कुरियर व्यवसायीहरुलाई एकीकृत गराई संघको छाता संगठनमा आबद्ध गराउने र स्वस्थ्य प्रतिस्पर्धाको आधारमा उत्कृष्ट सेवा प्रदान गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कुरियर क्षेत्रको विश्वसनीयतालाई कायम गर्न पहल गर्ने बताए ।
कहिलेकाही ग्राहकहरुको सामान समयमै नपुग्ने र कहिलेकाहीं ग्राहकको विश्वासमा पर्दा ब्यबसायीमाथि नै बिभिन्न आरोप लाग्ने गरेको दुखेसो प्रकट गर्दै उनले पछिल्लो समय ग्राहकको ब्यस्त समयलाई मध्यनजर गर्दै कुरियर ब्यबसायीले घर घरमा सबै किसिमका सामन डेलिभरी गर्न लागेको स्पष्ट पारे। गण्डकी प्रदेशमा हाल १ सय ३५ भन्दा बढी कुरियर संचालनमा छन ।














