Play

लेखनाथ उद्योग बाणिज्य संघको अधिबेशन भदौ २० र २१ गते हुने, प्यानल बनाएर चुनाबी अभियान शुरु

अध्यक्षमा राजेन्द्र र जानुकाबीच प्रतिष्पर्धा हुँदै, प्यानलमा पर्ने पदाधिकारीको टुंगो लागेपनि सदस्यको टुंगो लाग्न बाँकी


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका अन्तर्गत लेख्नाथ क्षेत्रमा रहेका उद्योगी ब्यबसायीहरुको संस्था उद्योग वाणिज्य संघको १५ औँ अधिवेशन तथा २९ औँ वार्षिक साधारण सभा नजिकिंदै गएको छ। यसपटकको अधिबेशनबाट संघको नयाँ कार्यसमिति समेत चयन हुने भएकोले अधिबेशनको शुरुवातका क्रममा केहि बिबाद र मतभेद समेत सृजना भएको बताइएको छ। संघका अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा बैठक बसेको भएपनि अध्यक्ष श्रेष्ठले नै अधिबेशनको मिति तोक्ने कुरामा सहमति नजनाएको कारण कार्यसमितिका बहुमत सदस्यहरुको छलफलबाट भदौको २० र २१ गते अधिबेशन गर्ने निर्णय भएको छ।

अध्यक्ष श्रेष्ठले अधिबेशनको मिति तत्काल तोक्न नचाहेको तर महासचिब जानुका पराजुली अधिकारीले अधिबेशनको मिति तोकेर तयारी शुरु गर्नुपर्ने बताएपछि बैठकमा केहि बिबाद देखिएको थियो अधिबेशन भदौको १४ र १५ अथवा २० र २१ गते गर्ने बिषयमा छलफल हुँदै गर्दा अधिकांश पदाधिकारी र सदस्यहरु भदौ २० र २१ गते अधिबेशन गर्ने टुंगोमा पुगेको भएपनि अध्यक्ष श्रेष्ठले भने अधिबेशनको मिति तोक्न नखोजेपछि बैठकमा बिबाद बढेको थियो।  महासचिब जानुकाले बहुमत सदस्यको निर्णय अनुसार भदौ २० र २१ गते अधिबेशन गर्ने भन्ने निर्णय माइन्युटमा लेख्नलागेपछि अध्यक्ष श्रेष्ठले माइन्युट नै नियन्त्रणमा लिन खोजेका थिए तर बहुमत सदस्यको निर्णयलाई महासचिबले माइन्युटमा उतार गर्न लागेपछि अध्यक्ष श्रेष्ठ बैठक छोडेर बाहिरिएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघमा दुई हजार बढी मतदाता 

यसैबीच संघका बहुमत कार्यसमिति सदस्यहरुले बैठकबाट अधिबेशन र साधारण सभाको मिति तोकेपछि आबश्यक तयारी शुरु भएको छ। साधारणसभाको लागि आबश्यक प्रतिबेदन बनाउने देखि अधिबेशनबाट निर्बाचित हुनकोलागि उमेद्वारीको चाहना राख्नेहरु मतदाता ब्यबसायीको घरदैलोमा पुग्ने क्रम शुरु भएको छ। यस बर्ष थप भएका ४ सय ३९ जना नयाँ सदस्य सहित जम्मा २ हजार १९ जना ब्यबसायीहरु संघको सदस्यको रुपमा अधिबेशनमा सहभागी भएर मतदानमा भाग लिने भएका छन । यस अगाडी १ हजार ६ सय ४० जना ब्यबसायीहरु लेखानाथ उद्योग बाणिज्य संघमा सदस्य रहेका थिए ।

बरिष्ठ उपाध्यक्ष राजेन्द्र र महासचिब जानुकाबीच अध्यक्ष पदमा प्रतिष्पर्धा हुने 

अधिबेशनको मिति नजिकिंदै गर्दा संघमा अब नेतृत्व लिन चाहने दुई जनाले दुई प्यानल नै बनाएर मतदातासमक्ष पुग्ने क्रम पनि शुरु भएको छ । निर्वाचनबाट नेतृत्व लिनको लागि लागि हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारीले प्यानल नै बनाएर आआफ्नो अभियानलाई अगाडी बढाएका छन । उनीहरू दुवैले पदाधिकारीसहितको टिम तयार पारे पनि कार्यसमितिका सदस्य पदका लागि भने सम्भावित उमेदवारको नाम सार्बजनिक गरिसकेको छैनन । अध्यक्षको उमेदवार बन्ने दौडमा लागेका राजेन्द्र नेकपा एमाले समर्थक मानिन्छन भने जानुका नेपाली काँग्रेस समर्थक मानिन्छिन।

राजेन्द्र प्यानलका पदाधिकारीका उमेदवारहरु 

अबको अध्यक्ष पदका उमेदवार बन्ने चाहना राखेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आफ्नो टिममा हाल प्रथम उपाध्यक्ष रहेका उपेन्द्रराज सुवेदी (राजु) लाई वरिष्ठ उपाध्यक्षको उमेदवार बनाउने भएका छन् भने महिला उद्यमी मेनुका श्रेष्ठलाई प्रथम उपाध्यक्ष, सल्लाहकार धीरज श्रेष्ठलाई द्वितीय उपाध्यक्ष, यस अगाडी महासचिव पदमा पराजित जीवन तिवारीलाई महासचिब, हालको कार्यसमिति सदस्य लक्ष्मी ढुंगाना (एलपी)लाई उपमहासचिब र कार्यसमिति सदस्य टीकाराम सापकोटालाई कोषाध्यक्षको उमेद्वार बनाउने भएका छन ।

जानुका प्यानलका पदाधिकारीका उमेदवारहरु 

यसैगरि लेखनाथ उद्योग बाणिज्य संघको पहिलो महिला अध्यक्ष बन्ने अभियानमा लागेकी बर्तमान महासचिब जानुका पराजुली अधिकारीले पनि आफ्नो प्यानल निर्माण गरेर चुनाबी अभियानमा लागेकी छन । जसअनुसार यस अगाडीको अधिबेशनमा प्रथम उपाध्यक्षका उमेदवार बनेका गोपीचन्द्र वास्तोलालाई वरिष्ठ उपाध्यक्षमा, वर्तमान द्वितीय उपाध्यक्ष विक्रम कर्माचार्यलाई संघको प्रथम उपाध्यक्षमा, हालका कोषाध्यक्ष ध्रुवबाबु भट्टराई (आइडी)लाई द्वितीय उपाध्यक्षमा, हालका उपमहासचिव भरतराज ओझालाई महासचिवको उमेदवार बनाउने करिब पक्का भएको छ। यसैगरी बर्तमान कार्यसमितिमा सदस्य रहेकी गंगा मल्ललाई उपमहासचिव र कार्यसमिति सदस्य रहेका हरि बस्ताकोटीलाई जानुका अधिकारी प्यानलको कोषाध्यक्ष पदमा उमेदवार बनाउने बताइएको छ।

सम्बन्धित समाचार ..

लेखनाथ उबासंघको अध्यक्षमा जानुका र राजेन्द्र भिड्ने : दुवैजना प्यानल निर्माणको गृहकार्यमा

१० श्रावण २०८२, शनिबार ०९:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा