Play

राष्ट्रपति र प्रदेश प्रमुखहरूबीच भेट, प्रदेशको सफलता नै लोकतान्त्रिक गणतन्त्रको सफलता हो- राष्ट्रपति पौडेल

गुरुकुल खबर


काठमाडौँ, देशका सात वटै प्रदेशका प्रमुखहरूले काठमाडौँ पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । बुधवार बिहान राष्ट्रपति भवन शीतल निवासमा सातवटै प्रदेशका प्रदेश प्रमुखहरूले शिष्टाचार भेट गरेको बुझिएको छ  ।

राष्ट्रपति पौडेलसंगको भेटघाटमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर पुगेका थिए यसैगरी कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेशक प्रदेश प्रमुख नजिर मियाँले राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।

भेटका क्रममा राष्ट्रपति पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताए । “प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने संघीय, प्रादेशिक र स्थानीय तहका कानुनको तर्जुमा र त्यसको निष्कपट कार्यान्वयनबाटै यो संविधानको औचित्य र सार्थकता प्रमाणित हुन्छ भन्ने मेरो विश्वास छ”, उनले भने ।

प्रदेश प्रमुख प्रदेशको प्रमुखमात्र होइन केन्द्रको प्रतिनिधि पनि भएकाले संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो र समग्रमा प्रदेश प्रमुखहरू संघीयताको सेतु भएको पौडेलको भनाई थियो । “प्रदेशको संरचनाले मात्र यसको राजनीतिक महत्व स्थापित हँदैन, यसको चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउन जरुरी छ, चरित्रको बदलाव मुख्य कुरा हो, राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोडौ, प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा गरौं, साथसाथै अन्तर प्रदेश सहकार्य र समन्वयमा जोड दिऔं, एक आपसको सहकार्यले सबैलाई लाभ पुग्ने छ भन्ने मलाई लाग्छ”, राष्ट्रपति पौडेलले भने ।

प्रदेशको आन्तरिक स्रोतको सक्दो प्रयोग गरेर प्रादेशिक विकासका नयाँ–नयाँ सपनाहरू बनाउन, प्रत्येक प्रदेशले आफ्नो मौलिकता निर्माण गरेर अगाडि बढ्न सम्बन्धित सरकारलाई सुझाव दिनुपर्ने आवश्यकतामा जोड दिंदै पौडेलले नागरिकको सम्मान, स्वाभिमान र समृद्धि भएकाले यसमा प्रदेश प्रमुखहरूले सम्पूर्ण प्रदेशलाई केन्द्रित गर्न झक्झकाउने काम गर्नुपर्ने बताए। “खासगरी मेरो जोड सुशासन, जनतामा प्रभावकारी सेवा प्रवाह र लोकतन्त्रको सुदृढीकरणमा केन्द्रित छ, जनस्तरमा लोकतन्त्रप्रति भरोसा जगाउन बौद्धिक वर्ग, नागरिक समाजका अगुवालाई सम्पर्क गर्ने र छलफल गर्ने गर्दा उपयुक्त हुन्छ भन्ने पनि म ठान्दछु”, राष्ट्रपति पौडेलले भने ।

त्यस अवसरमा सातै प्रदेशका प्रदेश प्रमुखहरुले आफूले भोग्नुपरेका कठिनाई, कानुन नियममा रहेका अन्यौलहरुको बारेमा जानकारी गराउँदै यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराईदिन राष्ट्रपति पौडेल समक्ष आग्रह गरेका थिए ।

१८ असार २०८२, बुधबार १३:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा