पोखरा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका पोखरा महानगरपालिका–२४ कास्कीकोटका वडा अध्यक्ष भरतबहादुर अधिकारीलाई मातृशोक परेको छ। वडाध्यक्ष अधिकारीकी आमा अम्बिका अधिकारीको ८२ बर्षको उमेरमा आइतबार निधन भएको हो।
सामान्य स्वास्थ्य अवस्थामा रहेकी उनि केहि दिन अगाडी सामान्य बिरामी परेपछि उपचारको लागि अस्पताल लगिएकोमा मणिपाल अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको नेपाली काँग्रेस पोखरा -२४ कार्यसमितिका सभापति प्रतापबहादुर कार्कीले गुरुकुल खबरलाई जानकारी दिए।
स्व. अधिकारीका श्रीमान बम बहादुर अधिकारी सहित पांच छोरा र एक छोरी रहेका छन। छोराहरु धनबहादुर, गणेश बहादुर, मिनबहादुर, भरत बहादुर र रामबहादुर तथा छोरी देवका अधिकारी थापा रहेका छन । उनका काइँला छोरा भरत पोखरा -२४ को वडाध्यक्ष हुन् भने साइला छोरा मिनबहादुर पोखराका ब्यबसायी हुन।
स्व. अधिकारीका श्रीमान बम बहादुर अधिकारी २०४३ सालको स्थानीय निर्बाचनमा तत्कालिन कास्कीकोट गाउँ पंचायतमा जनपक्षिय उमेद्वारको रुपमा उपप्रधानपंचको उमेद्वार समेत् बनेका थिए । उनि राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा समेत चिनिन्छन ।
स्व. अधिकारीको सोमबार बिहान १० बजे पोखराको गाईघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।















