पोखरा, सार्बजनिक सवारीका साधनहरुले यात्रुहरुबाट बढी भाडा असुल्ने गरेको कार ईनड्राइभ र पठाओ प्रति आकर्षित हुन पुगेका सर्बसाधारणहरुले ईनड्राइभ र पठाओका चालकलाई पनि बढी भाडा तिर्नुपरेको छ ।
सार्बजनिक यातायातका साधनहरु बन्द रहेको अबस्थामा ईनड्राइभ र पठाओका चालकहरुले यात्रुहरुसंग बार्गेनिंग गर्दा महँगो भाडा असुल्न लागेको गुनासो बढेपछि प्रहरीले समेत चेकजाँच शुरु गरेको थियो ।
यसक्रममा मंगलबार पोखराको केहि स्थानमा केहि समय गरिएको चेकजांचमा १५ वटा मोटरसाइकलका चालकले बढी भाडा लिएको पट्ट लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएर आबश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई यातायात ब्यबस्था ऐन २०४९ अनुसार कारबाही गरेर छोडिएको कास्की प्रहरीले जनाएको छ ।
ईनड्राइभ र पठाओ संग सम्बन्धित सवारी साधनलाई ब्यबस्थित गर्ने लक्षसहि गण्डकी प्रदेश सरकारले राइड शेयरिंग नियमावली लागु गरेपछि सार्बजनिक यातायातका ब्यबसायीहरु आन्दोलनमा छन यहि मौका छोपेर ईनड्राइभ र पठाओका चालकहरुले यात्रुहरुसंग महँगो भाडा असुल गर्न थालेपछि सर्बसाधारण समेत चिन्तित बनेका छन ।
सार्बजनिक सवारीका साधनहरुले बढी भाडा लिने गरेको र सेवा समत सहज नभएको तर ईनड्राइभ र पठाओबाट सहज र सस्तो मुल्यमा सेवा पाउन सकिने सोचेका सर्बसाधारणहरुलाई ईनड्राइभ र पठाओका चालकहरुको कार्यशैलीले झनै चिन्तित बनाएको छ ।