Play

अन्तरवडास्तरीय फुटबलको फाइनलमा आज वडा न. १ र १५ भिड्दै

गुरुकुल खबर


हेमजा ( पोखरा),  हेमजा यूनाइटेडद्वारा आयोजना गरिएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा पोखरा महानगरको वडा न १ र १५ को बिचमा हुने भएको छ। प्रतियोगिता संयोजक इन्द्रबहादुर कुँवरका अनुसार शनिबार दिउँसो गौरीशंकर खेलमैदानमा फाइनल खेल हुनेछ ।

यस अगाडी वडा न २५ र १ बिचको सेमिफाइनल खेलको र्निघारित समयमा दुवै टिमले २/२ गोल गरेर बराबरीको नतिजा निकाल्दा  खेल ट्राइवेकरमा परिणत भएको थियो । जसमा वडा न १ ले वडा नं २५ लाई ५/३ को गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो ।

जितका लागि वडा न १ का जर्सी नंं ७ का ईश्वर गुरुङ, जर्सी नंं १० का मिलन गुरुङ, जर्सी न २ का अन्तिम गुरुङ, जर्सी न. १६ का असीम र जर्सी न ९ का बासु जिसीले  क्रमशः १/१ गोल गरेका थिए । वडा न १ का जर्सी नं ९ का बासु जिसी उक्त खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।

सोही दिन भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं १५ ले वडा न ५ लाई ४/१ को गोल अन्तरले पछि पार्दै वडा न १५ले फाइनलको यात्रा तय गरेको थियो। जितका लागि वडा १५ का जर्सी न २३ का इन्द्र थापाले २ गोल गरे साथै  जर्सी न १२ का मिलन गुरुङ र जर्सी न ७७ का सोम गुरुङ,  १/१ गोल गरे। उक्त खेलमा वडा न १५ का जर्सी न १२ का  मिलन गुरुङ म्यान अफ दि म्याच घोषित भएका थिए  ।

युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १११ र उपविजेताले नगद रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने जानकारी दिए । क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिएको अध्यक्ष श्रेष्ठले थप उल्लेख गरे ।

जेष्ठ १० गतेबाट युवा एकता र विकासका लागि खेलकुद” संचालन भैरहेको उक्त प्रतियोगितामा ३५ वर्ष भन्दा माथि उमेर समूहको सहभागिता रहेको छ । पोखरा महानगरपालिका तथा वडा न २५ को संरक्षणमा प्रतियोगिता आयोजना गरिएको हो ।

१७ जेष्ठ २०८२, शनिबार ०८:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा