Play

पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम शुरु

गुरुकुल खबर


पोखरा, नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम शुरु भएको छ । आईतबारदेखि सुरु भएको तालिम मंगलबारसम्म चल्नेछ। तालिमका मुख्य प्रशिक्षक निम्जिनका संस्थापक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिज्म फोटो जर्नालिजम्, भिडियो इडिटिङ, लगायतका विषयमा प्रशिक्षण दिनेछन् । तालिममा पत्रकार सन्तोष पोखरेलले मिस, डिस तथा मास ईन्फरमेसनकाबारेमा र जीवन भण्डारीले एआईका बारेमा प्रशिक्षण दिनेछन् ।

तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि आचार्यले सिंगो पत्रकारिता क्षेत्रलाई सकारात्मक ढंगले अघि बढाउने विश्वास व्यक्त गरे । पत्रकारितामा हरेक दिन अपडेट भईराख्नुपर्ने उनको भनाई थियो । उनले पत्रकारलाई समय समयमा रिफ्रेन्समेन्ट तालिम आवश्यक भईरहने भन्दै पत्रकारिता पेशा राम्रो भयो भने समाज राम्रो हुने विश्वास ब्यक्त गरे ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले डिजिटल साक्षरता हरेक क्षेत्रमा आवश्यक रहेको बताए । प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले स्किलफूल तालिम सहभागिको लागि फलदायी हुने विश्वास व्यक्त गरे ।

अहिले प्रविधिमा भइरहेको परिवर्तनसँगै यस्ता तालिमले पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । तालिमका कास्कीका ७५ जना पत्रकारहरु सहभागी छन् । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष माधवप्रसाद रेग्मी र सञ्चालन सहसचिव धनबहादुर गरुङ (सुमन) ले गरेका थिए ।

११ जेष्ठ २०८२, आईतवार २२:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा