Play

गण्डकी कोटीहोममा: अन्नपुर्णका जैसी र उपाध्यायबाट आठ रोपनी बढी जग्गादान, स्व. केसीको नामबाट दुईलाख दान

देबी प्रतिभा दोश्रोपटक महायज्ञमा, एकसाता पोखरामा रहने


गुरुकुल खबर


पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा कास्कीको अन्नपूर्ण गाउँपालिका सल्यानका विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् । उनीहरुले मानव सेवा फाउन्डेसनले स्थापना गर्ने आश्रमको लागि उक्त जग्गा हस्तान्तरन्न गरेको बुझिएको छ ।

मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रमको नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग जुटाउन पनि पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले कोटिहोम महायज्ञ पश्चात् पनि पोखरामा कार्यक्रम गर्नको लागि आश्रम निर्माण गर्ने र मानस सेवा फाउन्डेसनको प्रदेश र जिल्ला समिति घोषण गर्ने जानकारी समेत दिएका छन, पछिल्लो समय महायज्ञमा नगदसंगै जग्गा समेत दान गर्नेहरु बढेको छन ।

महायज्ञमा पोखराका उधोगपती सुर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले आफ्ना पतिको नाममा फाउन्डेसनमा आश्रित दुई जनाको अभिभावक बन्ने उद्धेश्यले आजीवन सदस्य रहने गरी दुईलाख रुपैया प्रदान गरेकी छन । यसका साथै पोखरा भित्र र बाहिरबाट आएका हजारौं भक्तजन सहित विभिन्न व्यक्ति र संस्थाहरुको तर्फबाट पनि कोटीहोममा दिनहुँ लाखौँ रुपैयाँ दाङ संकलन भैरहेको छ।

कोटिहोममा शनिवार देखि अन्तर्राष्ट्रिय कथावाचीका देवी प्रतिभाले कथा वाचन शुरु गरेकी छन । २५ जनाको समूहका साथ दोश्रो पटक पोखराको यो महायज्ञमा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म प्रवचन दिने कार्यक्रम रहेको छ । त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ ।

 वक्तृत्वकला प्रतियोगिता शुरु 

कोटिहोममा शनिबार देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगिको सहभागिता रहेको प्रतियोगिता संयोजक संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

प्रतियोगितामा देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी र एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थीले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ । प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए।

उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनीषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुनेछ ।

पोखरा- १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

११ जेष्ठ २०८२, आईतवार १४:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा