Play

गण्डकी कोटीहोममा भजन प्रतियोगिता: १ सय ५४ समुहको प्रस्तुती सकियो, नयाँ शैलीको भजनले दर्शकहरु आकर्षित

गुरुकुल खबर


पोखरा, पोखरामा जारी गण्डकी शतकुंडिय कोटीहोम महायज्ञमा अन्तर्गत संचालन भैरहेको राष्ट्रिय भजन प्रतियोगितामा विभिन्न जिल्लाबाट ३ सय ५ वटा समूहले सहभागिता जनाएकोमा मंगलबारसम्ममा १ सय ५४ वटा समुहले आआफ्नो प्रस्तुती दिएका छन। प्रतियोगितामा ७ वटै प्रदेशका ४४ जिल्लाबाट प्रतियोगी समूह सहभागी भएको भएपनि गण्डकी प्रदेशका मात्र करिब २ सय वटा समूह रहेको राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए।

प्रतियोगितामा सहभागी भएकाहरु मध्ये केहि समुहको प्रस्तुती पोखराको लागि नयाँ र नौलो भाका अनि नौलोपन समेत देखिएकोले दर्शकहरुले समेत उत्साहपुर्बक भजन प्रतियोगिता हेरिरहेको छन। कोटीहोम महायज्ञ अन्तर्गत मुख्य कक्षको रुपमा रहेको प्रवचन कक्षमा जस्तै भजन प्रतियोगिता संचाल्लन भैरहेको स्थानमा पनि दर्शक र भक्तजनहरुको उल्लेखनीय सहभागिता रहने गरेको छ।

भजन प्रतियोगितामा सुदुर पश्चिमबाट आएको देउडा भजन, सुदुर पूर्वको भोजपुर अनि रसुवा बाट आएको रैथाने भजन, काठमाडौँ, नुवाकोट, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट आएको ठाडो खैंजरी भजन र कास्की लगायत स्यांग्जा, लम्जुंग, तनहुँ, गोरखा लगायतका जिल्लाबाट आएका धार्मिक खैंजरी भजनले धेरै दर्शकहरुको मन छोएको थियो।

यस अगाडी पनि पोखरामा नियमित रुपमा भजन प्रतियोगीता हुँदै आएकोमा यस पटक बाहिरी जिल्लाबाट आएका भजन समुहले पोखरेली दर्शकहरुलाई नयाँ स्वाद दिन सफल भएको प्रतियोगिता संयोजक पराजुलीले बताए। उनका अनुसार राष्ट्रिय लोक तथा भजन चुड्का समुहका विभिन्न ३३ वटा जिल्ला शाखाले पनि प्रतियोगितामा सहभागिता जनाएका छन । राष्ट्रिय लोक तथा भजन चुड्का समूह पराजुलीको अगुवाईमा स्थापना गर्नुको साथै २०५४ सालदेखि पोखरामा भजन प्रतियोगोता समेत संचालन हुँदै आएको छ।

प्रतियोगिता अन्तर्गत मंगलबार बाग्लुंगको बर पिपल भजन समूह, तनहुँको त्रिपुरेश्वर भजन समूह, बागमतीको नारायणी भजन समूह, तनहुँको कल्याणकारी आमा समूह, तनहुँकै योग साधना केन्द्र र सिद्दिबिनायक त्रिपुरेश्वर भजन किर्तन समूह, कास्कीको गण्डकी प्रदेश सांस्कृतिक सामिति क, आदर्श चेतनशील आमा समूह र पुम्दिकोट भूमेश्वर भजन समूह, सिन्धुलीको राष्ट्रिय लोक तथा भजन चुड्का समूह, दुधौली नगर समिति र चितवनको पशुपतिधाम भजन समूहले आआफ्नो प्रस्तुती दिएको प्रतियोगिताको निर्णायक समेत रहेकी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगरले गुरुकुल खबरलाई बताईन।

मंगलबार प्रतियोगितामा सहभागी समुहलाई कोटीहोमको तर्फबाट मायाको चिनो सहित प्रमाणपत्र र उनीहरुको लागि पोखरा सम्म आउनको लागि लाग्ने यातायात खर्च बापत प्रसादी स्वरूप केहि नगद समेत हस्तान्तरण गरिएको थियो । गण्डकी शतकुंडिय कोटीहोम महायज्ञ आयोजक मूल समितिका सहसंयोजक गंगाधर पराजुली, प्रतियोगिता संयोजक प्रजापति पराजुली, समितिका उपसंयोजक गणेश बहादुर ढकाल लगायतले प्रमाणपत्र सहित मायाको चिनो र नगद प्रदान गरेका थिए।

प्रतियोगितामा सहभागिता जनाउने समूह मध्ये कास्की जिल्लाको पोखरा महानगरपालिका क्षेत्रबाट आउने समुहलाई रु ५ हजार, कास्कीका गाउँपालिकाबाट आउने समुहलाई ७ हजार, कास्की जिल्ला बाहिर गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आउने समुहलाई १३ हजार र सुदुर पश्चिमको अछाम र भारतको सिलिगुढीबाट आउने समुहलाई १५ हजार रुपैया उनीहरुको यातायात एबम खाजा खर्च बापत प्रसादी स्वरूप दिने गरिएको छ। समुहको प्रस्तुती सकिए लगत्तै समुहलाई तोकिए अनुसारको रकम हस्तान्तरण गरिने गरेको भएपनि अधिकांश समुहले महायज्ञ आयोजकले दिएको रकममा केहि रकम थप गरेर दानस्वरूप महायज्ञ आयोजकलाई नै फिर्ता गर्ने गरेको छन।

मानब सेवा फाउन्डेसनका संस्थापक एबम महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयकृष्ण मुर्तीका अनुसार प्रतियोगितामा बिजयी हुनेहरुलाई आकर्षक नगद पुरस्कार राखिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख ५५ हजार ५५५, दोश्रो हुनेलाई २ लाख ५५ हजार ५५५, तेश्रो हुनेलाई १ लाख ५५ हजार ५५५ र शान्त्वना स्वरूप दुई समुहलाई जनही ६५ हजार रुपैया पुरस्कार प्रदान गरिने भएको छ। प्रतियोगीतामा विभिन्न ११ वटा विधामा उत्कृष्ट हुने समूह वा व्यक्तिलाई पनि जनही २५ हजार ५२५ रुपैया पुरस्कारको ब्यबस्था गरिएको महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ । संभवत यति ठुलो राशिको पुरस्कार भएको भजन प्रतियोगिता नेपालमा यो नै पहिलो हो।

प्रतियोगिताको निर्णायकहरुमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रिता थापा मगर सहित गीतकार शुरेश अधिकारी, संगीतकार नबराज बराल, लोक गायक पुरुषोत्तम नेउपाने र गायिका सरला पाण्डे रहेका छन। प्रतियोगीता कार्यक्रमको संचालन सहित दर्शकहरुलाई विभिन्न किसिमबाट मनोरंजन दिलाउने काम लोकप्रिय उद्घोषक नेत्रपाणी बास्तोला र दीप काफ्लेले गरिरहेको छन।

तस्बिर – बलराम थापा / मानव सेवा फाउन्डेसन

सम्बन्धित समाचार …

गण्डकी कोटीहोम: धार्मिक अनुष्ठानसंगै मानबिय, सेवामुलक र सामाजिक कामलाई निरन्तरता दिने क्रम जारी

पोखरा कोटीहोम: शंकराचार्यको आगमन, भक्तजनको उपस्थिति उल्लेख्य, दर्जनौं संचारकर्मीलाई सम्मान

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, शनिबार शंकराचार्य सहित साधु सन्त र कलाकार आउने

गण्डकी कोटीहोम: स्थानीय र प्रदेश सरकारका प्रमुख नआएपनि नेता र सर्बसाधारणको उपस्थिति उल्लेखनीय

गण्डकी कोटीहोममा विभिन्न क्षेत्रको सहभागिता बढ्दो, बिहीबार सांसद, कलाकार र रेस्लर समेत सहभागी बन्ने

गण्डकी कोटिहोममा एकैदिन एकसय बढीको सामूहिक व्रतबन्ध, नेतादेखि सर्बसाधारणको उपस्थिति बढ्दो

कोटीहोममा पण्डित दिनबन्धु पोखरेल पनि आउने, नियमित हवनसंगै ब्रतबन्ध, रक्तदान जस्ता कार्यक्रम जारी

केहीको बिरोधका बाबजुद कोटीहोमको कलशयात्रामा हजारौंको सहभागिता, आयोजकहरु उत्साहित

पोखरा कोटीहोम: मंगलबार हुने कलशयात्राको उद्घाटन मुख्यमन्त्रीले गर्ने, पोखरामा धार्मिक पर्यटकको संख्या बढ्दो

 

कोटीहोमको प्रचारका लागि मोटरसाइकल, कार र साइकल र्याली सम्पन्न, मंगलवार ११ हजार कलश सहितको यात्रा हुने

प्रतिभा पराजुली अर्थात देबी प्रतिभा: नेपालको शान, अध्यात्म र कथावाचनमा अग्रस्थान

कोटीहोममा आउने सर्बसाधारणको संख्या बढ्दो, सयवटा हवनकुण्डको तयारीमा तिब्रता, बैशाख १६ गते कलशयात्रा

पोखरामा जारी कोटीहोमका कारण पोखराको सदाशिव सिद्धेश्वर हरिहर मन्दिर बिशेष चर्चामा

 

पोखराको कोटीहोममा रौनक बढ्दो, वडाध्यक्ष शाहीपछि प्रदेश सांसद कार्की पुगे महायज्ञमा

पोखरा कोटीहोममा शुक्रबार प्रख्यात कथाबाचकहरुको जमघट हुँदै

कोटीहोम महायज्ञमा शुक्रबारबाट देबीप्रतिभाले कथाबाचन गर्ने, शीतल कृष्णको प्रवचन शनिबार

पोखरा कोटीहोमको लागि बिरौटाको जग्गामा भुमिपुजन, स्थानीयहरुसंगै पहिले बिरोध गर्नेहरुपनि उपस्थित

कोटीहोमको भुमिपुजन बिरौटास्थित महायज्ञस्थलमा आज हुँदै, बाराहीघाटमा क्षमापुजा पनि गरिने

पोखराको बिरौटास्थित कोटीहोमस्थलमा बुधबार भुमीपुजन हुने, अनुराधापछि देबीप्रतिभाले कथा बाचन गर्ने

६ जेष्ठ २०८२, मंगलवार २१:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा