Play

अमेरिकामा नयाँ राजनीतिक दलको घोषणा गर्दैअर्बपति व्यवसायी एलन मस्क

गुरुकुल खबर


अमेरिका, अर्बपति व्यवसायी एलन मस्कले अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका छन् ।

उनले यसलाई ‘अमेरिका पार्टी’ नाम दिएका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एकसमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्- आज अमेरिका पार्टी गठन भइरहेको छ ताकि स्वतन्त्रता फिर्ता पाउन सकियोस् ।’

मस्कले एक्समा एक पोल गरेका थिए । जसमा उनले तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिका पार्टी बनाउनुपर्छ? भन्ने प्रश्न सोधेका थिए । सो पोलमा ६५.४ प्रतिशतले दल खोल्नुपर्छ भन्ने मत दिएका थिए भने ३४.६ प्रतिशतले हुदैन भन्ने मत दिएका थिए ।

मस्कले भनेका छन्- ‘अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्र्याट) एउटै हुन् । अब देशले २ दलीय प्रणालीबाट स्वतन्त्रता पाउनेछ ।’

मस्कको राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनले ल्याएको ‘बिग ब्युटिफुल बिल’ मा विवाद भएको थियो ।

२२ असार २०८२, आईतवार १०:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा