Play

गण्डकी कोटीहोम: स्थानीय र प्रदेश सरकारका प्रमुख नआएपनि नेता र सर्बसाधारणको उपस्थिति उल्लेखनीय

गुरुकुल खबर


पोखरा, पोखराको बिरौटामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञमा राजनीतिक दलका नेता कार्यकर्ता एबम जनप्रतिनिधिहरु र सर्बसाधारण भक्तजनहरुको संख्या बढ्दै गएको छ । स्थानीय सरकारको रुपमा रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त कोटीहोम महायज्ञ र महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय कृष्णमुर्ती सकारात्मक नदेखिएको भएपनि पोखराको विभिन्न वडाका जनप्रतिनिधि र सर्बसाधारण नागरिकहरुको उपस्थिति कोटीहोममा उल्लेखनीय रुपमा बढेको छ।

यसैगरी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि कोटीहोममा नगएको भएपनि उनको मातहत रहेका गण्डकी प्रदेशका सांसद एबम नेपाली काँग्रेस लगायत विभिन्न दलका नेता कार्यकर्ताहरु कोटीहोममा पुग्ने क्रम जारी छ। कोटीहोममा गण्डकी प्रदेह्का सांसदहरु सरस्वती अर्याल तिवारी, सरस्वती गुरुङ, भिम कार्की, प्रकाश बराल, बिन्दु पहाडी लगायतका कांग्रेस एमाले र राप्रपाका प्रदेश सांसद र पोखरा महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधिहरु पुगिसकेको छन् भने कहिले आर्थिक रुपमा सहयोग समेत गरेका छन।

बिहिबार पनि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र जनप्रतिनिधिहरु अतिथिको रुपमा सहभागी बने भने पोखरा भित्र र पोखरा बाहिरबाट आएका सर्बसाधारणहरुको उल्लेखनीय उपस्थितिले पन्डाल खचाखच भरिएको थियो। त्यहाँ पुग्नेहरुमध्ये अधिकांशले महायज्ञस्थलको सजावट हेर्न, तस्बिर खिच्न, कथा श्रवण गर्न तथा अन्य धार्मिक अनुष्ठानमा सरिक भएर समय बिताउने गरेको छन। एकै दिनमा पनि उक्त स्थलमा हजारौंको सहभागिता रहने गरेको छ। कोटीहोम महायज्ञ अन्तर्गत  हवनात्मक कार्य, सामुहिक ब्रतबन्ध सहित अन्य धार्मिक अनुष्ठानहरु समेत नियमित रुपमा संचालन भैरहेका छन ।

बिहिबार कोटीहोममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम संबिधान सभाका सदस्य शारदा पौडेल, गण्डकी प्रदेशमा नेपाली काँग्रेसकी सांसद सुनिता थापा, गण्डकी प्रदेशका सांसद समेत रहेका राप्रपाका नेता एबम पुर्ब मन्त्री पन्चराम गुरुङ, गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समितिको उत्तर अमेरिका क्षेत्रका उपसंयोजक विश्वराज बाँस्तोला, नेपाली काँग्रेस कास्कीका उपसभापति युबराज कुँवर लगायतका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, कलाकार र सामाजिक अभियन्ताहरु अतिथिको रुपमा सहभागी बनेको कोटीहोम महायज्ञ मुला आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार कोटीहोममा सहभागी हुने, महायज्ञ स्थल, हवनकुन्ड, २१ फिट अग्लो रुद्राक्षको शिबलिंग सहित आकर्षक धार्मिक संरचना अबलोकन गर्ने, विभिन्न किसिमका धार्मिक अनुष्ठानमा सहभागी बन्ने, भजन प्रतियोगिता सुन्ने, प्रख्यात धर्मगुरु एबम कथाबाचकको कथाहरु सुन्ने लक्षका साथ हजारौं सर्बसाधारण उक्त स्थानमा पुग्ने गरेका छन। यसका साथै महायज्ञमा पुग्ने सबै सर्बसाधारण खादा लगाएर स्वागत गर्ने गरिन्छ यसका साथै महायज्ञमा पुगेर कथा श्रवण गर्ने सबै भक्तजनहरुलाई महायज्ञ स्थलमा नै प्रसाद वितरण गर्ने गरिएको छ ।

महायज्ञमा पुग्ने सबैजसो आमासमुह, टोल विकास संस्था, विभिन्न व्यक्ति र संस्थाहरुले सक्दो रुपमा आर्थिक एबम भौतिक सहयोग ग्गर्दै आएको छन। यसैक्रममा बिहिबार राप्रपाका नेता समेत रहेका गण्डकी प्रदेशका सांसद पन्चराम गुरुंगले ५१ हजार रुपैया दान गरेका थिए भने गण्डकी प्रदेशकी सांसद सुनिता थापा र संबिधान सभा सदस्य शारदा पौडेलले पनि महायज्ञको लागि भन्दै आर्थिक सहयोग गरेका थिए।

गैर आवाशीय नेपाली संघ उत्तर अमेरिकाका उप संयोजक विश्वराज बाँस्तोलले र उनकी धर्मपत्नी लक्ष्मी बाँस्तोलाले १६ हजार १ सय ५० रुपैया आर्थीक सहयोग गरेको महायज्ञ आयोजकले जानकारी दिएको छन। बास्तोला परिवार पोखरा -२५ हेम्जाको भएपनि लामो समयदेखि अमेरिका बस्दै आएका छन ।

महायज्ञमा उपस्थित सर्बसाधारण र भक्तजनहरुले विभिन्न किसिमको जिन्सी सामान समेत सहयोग गर्ने गरेको छन । बिहिबार पोखरा–१५ का दिननाथ तिमिल्सिनाले २५ हजार ५, पोखरा– १५ प्रतिभाटोलकी राधिका खत्रीले २५ हजार २५ दान गरेको थिए भने अन्य थुप्रै व्यक्ति र संस्थाहरुले पनि आर्थिक सहयोग गरेको बुझिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका अध्यक्ष तथा गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री पञ्चराम गुरुङले पोखरा जारी कोटिहोम तपोभूमि र देवभूमिको रूपमा रहेको बताउंदै महायज्ञका सङ्कल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्णमूर्तीले हरेक तनावका बीचमा पनि ऐतिहासिक कोटिहोम आयोजना गरेर सफलता हात पारेको बताए । उनले शास्त्र हराए संस्कार हराउने, संस्कार हराए परम्परा हराउने र परम्परा हराए मानव नै हराउने स्थिति सृजना हुने भन्दै नेपाललाई हिन्दु राष्ट्र बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शारदा पौडेलले पोखरामा जारी कोटीहोममा सहभागि बनेर आफुले सकेको सहयोग गर्न सबैसंग आग्रह गर्दै आफ्नो धर्म परम्परा र संस्कृतिको रक्षार्थ नयाँ पुस्तापनि गम्भीर हुनुपर्ने भएकोले यस किसिमका महायज्ञले सबैलाई धर्म र संस्कृतिको जगेर्ना गर्न सहयोग पुर्याउने बिश्वास ब्यक्त गरिन ।

गण्डकी प्रदेशकी सांसद सुनिता थापाले धर्मको प्रकाश सबैको हृदयमा समान रूपमा फैलिन सके राम्रो हुने बताउंदै अपाङ्गता भएका व्यक्तिहरूलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममा अरु सरह सहभागी गराउन सके हाम्रो समाज थप समावेशी, न्यायपूर्ण र प्रेरणादायी बबन्ने बिश्वास ब्यक्त गरिन। उनले गण्डकी प्रदेश सहित स्थानीय तहका सरकारले कोटीहोम प्रति अपनत्व लिएर काम गर्दा संस्कृति र परम्परा नयाँ पुस्ताको लागि आबश्यक रहेको बताइन।

श्रवणशक्ति गुमेको भएपनि बोल्न, पढ्न र लेख्न सक्ने सांसद सुनिता थापाले आफ्नो मन्तव्यको क्रममा भनिन, ” म आज यहाँ प्रदेशसभा सदस्यको हैसियतमा उपस्थित छु। तर म यहाँ एक प्रतिनिधि मात्र होइन, आवाज विहीनको आवाज पनि हुँ। मेरो सुनाइ बन्द भयो, तर जीवन बन्द भएन। कानका ढोकाहरू बन्द भए, तर हृदयका ढोकाहरू अझै पनि खुला छन्। यो महायज्ञमा हवनका ज्वाला छन्, मन्त्रका ध्वनि छन्। तर, मेरो लागि यो सबै मौन छ। तर के मौनता धर्मको हिस्सा होइन र ? उनले प्रश्न गरिन।

यसै सन्दर्भमा उनले भनिन,  “यो पवित्र महायज्ञमा म मेरो मौनताको आहुति दिन्छु। म मेरो बहिरा संसारको आशा अर्पण गर्छु। महायज्ञको यो ज्वालामा हाम्रो पीडा जलोस्। महायज्ञको यो धुवाँमा हाम्रो सपनाको ध्वनि फैलियोस्। महायज्ञको यो घण्टीको ध्वनिमा हाम्रो मौनता पनि गुञ्जियोस् ।

अपांगताको क्षेत्रमा क्रियाशील रहेकी र स्वयम पनि कान सुन्न नसक्ने सांसद सुनितासंगै सांकेतिक भाषा सम्बन्धि तालिमका सहभागीहरुपनि महायज्ञमा पुगेका थिए पोखरामा संचालन भैरहेको र तिन महिना सम्म चल्ने उक्त तालिममा करिब २० जना सहभागी रहेकोमा सबै सहभागी र प्रशिक्षकहरु महायज्ञ स्थल पुगेका थिए। सांकेतिक भाषा तालिमका सहभागीहरुलाई पनि महायज्ञका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले अन्य अतोथिहरु सरह मायाको चिनो सहित सम्मान गरेका थिए।

यसैगरि महायज्ञमा बिशेष आकर्षणको रूपमा हास्य कलाकार जोगिन्दर पानवाला (शिव शङ्कर प्रसाद रिजाल) नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का लगायतको उपस्थिति रहेको थियो भने शुक्रवार चर्चित गायिका एबम पोखरेली चेली समीक्षा अधिकारी र शनिवार चर्चित लोकगायक पशुपति शर्मा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन प्रस्तुति तथा विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार आइतबार लोकदोहोरी गायिका अस्मीता ढल्लाकोटी पनि महायज्ञमा सहभागी भएर आफ्नो प्रस्तुती दिने भएकी छन।

कोटिहोममा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसईई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।  यसैगरि कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने कार्यक्रम तय भएको बुझिएको छ । मानव सेवा फाउन्डेसनका प्रचार प्रसार बिभागका संयोजक लेखनाथ ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

कोटिहोममा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमद्भागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवद मध्ये कुनै एकको कर्ता बन्न र आफ्नो घरमा जमिनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्त्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने, वैवाहिक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

कोटिहोममा ४ सय बढी ब्रह्माणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध भएको छ ।

कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

२५ बैशाख २०८२, बिहीबार २१:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा