Play

कोटीहोमको भुमिपुजन बिरौटास्थित महायज्ञस्थलमा आज हुँदै, बाराहीघाटमा क्षमापुजा पनि गरिने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञानमहायज्ञको भुमिपुजन आज बुधबार बिहान हुँदैछ । यस अगाडी पोखराको लेकसाइड स्थित बाराहीघाट नजिकको जग्गामा कोटीहोम महायज्ञ संचालन गर्न आबश्यक प्रक्रिया पुरा गरि भुमीपुजन भैरहेको बेला पोखरा महानगरपालिकाका नगर प्रहरी सहित केहि वडाध्यक्षहरु त्यहाँ पुगेर उक्त स्थानमा महायज्ञ हुन नदिने भन्दै बल प्रयोग गरेका थिए ।

त्यसपछि  विभिन्न चरणमा बार्ता भएपनि पहिले भुमीपुजन भैसकेको लेकसाइडको जग्गामा महायज्ञ संचालन गर्न पोखरा महानगरले नमानेपछि महायज्ञ आयोजकहरुले स्थान परिबर्तन गरेर पोखराको बिरौटामा महायज्ञको तयारी गरेका हुन्। महायज्ञको हवन कार्य बैशाख १७ गतेबाट हुने भएपनि महायज्ञ अन्तर्गतका अन्य गतिविधिहरु भने संचालन भैरहेका छन र केहि क्रमश संचालनको प्रक्रियामा रहेका छन।

महायज्ञस्थल पोखराको लेकसाइडबाट बिरौटामा स्थानान्तरण भएपछि नयाँ महायज्ञस्थलमा पनि भुमीपुजन गर्नुपर्ने भएकोले बैशाख ३ गते बुधबार बिहान भूमीपूजनसंगै मूलयज्ञकुण्ड समेत खन्ने कार्यक्रम तय गरिएको छ।

भुमीपुजन र यज्ञकुन्ड खन्ने शुभसाइत बुधबार बिहान निस्केकोले सोहि दिन भुमीपुजन सहित यज्ञकुन्ड पनि खनिने तयारी गरिएको महायज्ञका संकल्पकर्ता बाल योगेश्वर बिजय कृष्णमुर्ती महाराजले गुरुकुल खबरलाई जानकारी दिए । महायज्ञको आयोजक संस्था मानव सेवा फाउण्डेसन नेपालले उक्त दिन महायज्ञस्थलमा सहभागीताको लागि सम्पूर्ण भक्तजन हरुलाई आग्रह गरेको जनाएको छ ।

  • महायज्ञ आयोजक मानब सेवा फाउन्डेसनले जनाएअनुसार आज बैशाख ३ गते बुधबार हुने धार्मिक कार्यक्रमहरू

🔸 विगतका त्रुटिहरूका लागि आत्मशुद्धि गर्दै मातृभूमिसँग क्षमायाचना गर्न बिहान ८:०० बजे — बाराहीघाट क्षेत्रको पवित्र भूमिमा “क्षमा पूजा” आयोजना गरिएको छ।

🔸 बिहान ११:०१ बजे — पोखरा -१७ विरौटामा, ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट्ज्ञान महायज्ञ-२०८२ को भूमिपूजन द्वारा महायज्ञको शुभ कार्यको बिधिबत आरम्भ गरिनेछ ।

🔸 बिहान ११:११ बजे —  पोखरा -१७ बिरौटामा यज्ञ कुण्ड निर्माणको आरम्भ (खन्ने कार्य) पनि बुधबार नै सुरु गरिने जानकारी गराउँदै सबैको सहभागीता, सहयोग र आशीर्वादको अपेक्षा गरिएको छ।

३ बैशाख २०८२, बुधबार ०८:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा