Play

हेम्जामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको तयारी

गुरुकुल खबर


पोखरा,  “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ मा हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको  “अन्तर वडास्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ ।

खेलकुदमा अभिरुचि जगाई खेलकुदका माध्यमबाट शरीर स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान (गैरी)लाई स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार  ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवरले जानकारी दिए । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने समेत कुवरले उल्लेख गरे ।

प्रतियोगितामा सहभागी हुन १० हजार रुपैया दर्ता शुल्क राखिएको छ । साथै सहभागिताका लागि यही जेष्ठ   ८ गते सम्म टिम दर्ता गरी सक्नुपर्ने खेल समन्वय संयोजक सौरभ काकीले जानकारी दिए ।

गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान(गैरी)मा हुने छ ।

५ जेष्ठ २०८२, सोमबार ०८:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा