पोखरा, पोखराको बिरौटामा संचालन हुने कोटीहोम महायज्ञमा प्रशिद्द कथा बाचकहरु आउने क्रम जारी छ । विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेको कथाबाचन जारी रहेकोमा शुक्रबारदेखि प्रख्यात कथावाचिका देबी प्रतिभाले भागवत कथाबाचन गर्ने कार्यक्रम छ।
देबी प्रतिभाले पोखराको कोटीहोम महायज्ञमा करिब १५ दिन सम्म संगीतमय रुपमा भागवतकथा बाचन गर्ने महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्ती महाराजले जानकारी दिएका छन। शुक्रबार दिउँसो महायज्ञस्थल पोखरा -१७ बिरौटामा दिउँसो ३ बजे देबी प्रतिभाबाट कथाबाचन कार्यक्रमको समुद्घाटन गरिने भएको छ । उनि शुक्रबार बिहान ७.३० बजे बिमानबाट पोखरा आउने बुझिएको छ।
उनले बैशाख १८ गतेसम्म पोखरामा रहेर कथा बाचन गर्ने बुझिएको छ। भारत र नेपालमा लोकप्रिय मानिएकी देबी प्रतिभाको आगमनले पोखरा कोटीहोममा भक्तजनहरुको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
महायज्ञमा प्रवचन दिनको लागि शीतलकृष्ण महाराज पनि पोखरा आइपुगेको महायज्ञ आयोजक मानब सेवा फाउन्डेसनले जानकारी दिएको छ। उनि बिहिबार नै पोखरा आएको र शुक्रबार महायज्ञको विभिन्न कार्यक्रममा सहभागी भएर शनिबार उनले प्रवचन दिने बुझिएको छ।
महायज्ञस्थलमा निर्माण गरिएका छुट्टाछुट्टै पन्डालमा उनीहरुको कथाबाचन र प्रवचन हुने महायज्ञको सूचना अधिकारी प्रशन्ना अधिकारीले गुरुकुल खबरलाई जानकारी दिईन।
पछिल्लो समय पोखरा कोटीहोममा भक्तजन सहित आमसर्बसाधारणको उपस्थिति बढ्दै गएको छ। बुधबार महायज्ञस्थलको भुमिपुजन कार्यक्रममा यस अगाडी कोटीहोम प्रति नकारात्मक प्रचार गर्नेहरुसमेत पुगेर महायज्ञलाई सहयोग गर्ने प्रतिबद्दता जनाएको महायज्ञको मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुलीले जानकारी दिए ।
शुरुवातका दिनमा पोखरामा महायज्ञ गर्न नदिने अभियानमा देखिएका जनप्रतिनिधि एबम केहि धार्मिक व्यक्तित्वहरु समेत यतिबेला महायज्ञ प्रति सकारात्मक देखिन थालेका छन। महायज्ञको कारण नेपाल भित्र र बाहिरबाट ठुलो संख्यामा पर्यटकहरु पोखरा भित्रिने अनुमान गरिएपनि पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदले भने उक्त कोटीहोमलाई कसरि सहयोग गर्ने भन्ने बारेमा केहि बताएका छैनन ।
पोखरा पर्यटन परिषदले परिषदमा आबद्ध विभिन्न संस्थाको तर्फबाट पोखराको लेकसाइडमा कोटीहोम हुन नदिने भन्दै सार्बजनिक रुपमा बिज्ञप्ती जारे गरेको थियो भने पोखरा महानगरपालिकाले पनि पोखरामा कोटीहोम गर्न नदिने भन्दै केहि जनप्रतिनिधि र नगर प्रहरी लगाएर महायज्ञस्थल लेकसाइडमा भुमिपुजन कार्य बिथोलेको थियो।
त्यसपछि महायज्ञस्थल लेकसाइड बाट परिबर्तन गरेर पोखराको बिरौटामा लागिएको हो। बिरौटामा बुधवार आयोजित भुमिपुजन कार्यक्रममा पोखरा महानगरपालिका -१७ की वडाध्यक्ष राधिका योगी समेत पुगेकी थिईन उनले बिरौटामा कोटीहोम हुँदा आफुलाई समेत गर्ब लागेको उल्लेख गरेकी थिईन ।
महायज्ञको प्रचारात्मक कार्य चैत्र १७ गतेबाट भैरहेको र महायज्ञको पुर्बांग बैशाख १७ गते र हवानात्मक कार्य बैशाख १९ गतेबाट हुने भएको छ। महायज्ञको बिधिबत समापन जेठ २६ गते हुने कार्यक्रम रहेको छ ।
सम्बन्धित समाचार ..