Play

बैदेशिक रोजगार ब्यबसायी संघमा पोखराका भुवनसिंह र महिला ब्यबसायी संघमा प्रतिमा निर्बाचित

गुरुकुल खबर


पोखरा, वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखराका भुवनसिंह गुरूङ निर्वाचित भएका छन् । शनिबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार गुरुङले अर्को उम्मेदवार नरेश गेलाललाई ६१ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

अध्यक्षमा गुरूङले ४२८ मत प्राप्त गरेका थिए भने गेलालले ३६७ मत मात्र प्राप्त गरे । अध्यक्षमा निर्वाचित गुरूङ यस अगाडी बैदेशिक रोजागर ब्संयबसायी संघको पूर्व द्वितीय उपाध्यक्ष समेत हुन उनि गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । उनि नेपाली काँग्रेसको राजनीतिमा पनि क्रियाशील छन।

संघको प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा बैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन् । यस्तै, महासचिवमा महेशकुमार बस्नेत ४२३ निर्वाचित भए भने उनका प्रतिस्पर्धी कर्णराज कटुवालले ३६२ मत प्राप्त गरे ।

यसैगरी, सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भइन् । सदस्यमा भने रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य विजयी भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष दीपक थापाले जानकारी दिए ।

यसैबीच वैदेशिक रोजगार महिला संघमा अध्यक्ष पदमा प्रतिमा गुरुङ निर्बाचित भएकी छन संघको कार्यसमितिको पदाधिकारी र सदस्यहरुमा पनि विभिन्न व्यक्तित्वहरु निर्बाचित भएको छन

३० चैत्र २०८१, शनिबार २२:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा